८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

हनोई – चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुगेका छन्। 

यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उनी चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएकाे छ । 

यसअघि उनी दुई वर्षअघि औपचारिक भ्रमणका क्रममा भियतनाम पुगेका थिए । यस पटक पनि उनी सोही देशको डा नाङ् सहरमा एपेकको सम्मेलनका लागि गएका हुन् । 

उनी त्यहाँबाट औपचारिक भ्रमणका लागि आइतबार राजधानी हनोई पुगेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाइएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव समेत रहेका राष्ट्रपति सिले हनोइमा रहँदा त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव एनग्युन फु त्रोनसँग भेटवार्ता गर्नेछन्। 

उनले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा कुराकानी गर्नुहुने समाचारमा जनाइएको छ । 

प्रकाशित: २६ कार्तिक २०७४ ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App