७ वैशाख २०८१ शुक्रबार
राजनीति

गगन थापाको घरदैलो: शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा (फाेटाे फिचर)

तस्विर : दिनेश गाेले

काठमाडौं—काठमाडौं–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा अाइतबार बिहानदेखि घरदैलो कार्यक्रममा सक्रिय देखिए । काठमाडौं–४ मा पर्ने मित्रपार्क, गुहेश्वरी र जय बागेश्वरी वरपर घरदैलो कार्यक्रममा निस्किएका उनले  स्थानीयहरूसँग भेटघाट गरेर गुनासा सुनेका थिए।

जय बागेश्वरीकी ज्याेति राजभण्डरीले गाैशाला चावहिल खण्डमा पर्ने मूख्य बाटाे धुलाम्मे भएकाले स्थानीयबासीले समस्या भाेग्नु परेको गुनासो गरिन् । ‘मेलम्चीकाे पानीकाे कारण राजधानीकाे मूख्य सडक महिनाैंदेखि बिगारेपछि समयमा निर्माण कार्य पुरा गर्न नसक्दा स्थानीयहरूले सास्ती खेप्नुपरेको छ, 'उनले भनिन् । 

नेता थापाले चावहिल गाैशाला सडक खण्डअन्गर्गत बिग्रिएकाे बाटाे पिच हुने काम भइरहेकाे जानकारी गराएका थिए । प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ मा चुनाबी अभियान अन्तर्गत उनले शिक्षा, स्वास्थ्य र समृद्धि मुख्य एजेण्डा भएको बताए।

उनले गरिव र विपन्नका छोराछोरीले पढ्न पाउने सर्वसुलभ निःशुल्क गुणस्तरीय शिक्षा, निःशुल्क उपचार आफ्नो प्राथमिकतामा राखेका छन् । गृहेश्वरीका विवेक शाहले राज्यले युवा पुस्तालार्इ राेजगारीकाे अवस्था सृजना गर्न नसक्दा वर्षेनी हजाराैं युवाहरू विदेशिन बाध्य भइरहेकाे गुनासाे गरे । जवाफमा नेता थापाले स्वदेशमा उद्योग धन्दा सञ्चालन गरेर रोजगारी सृजना गरेर विदेशिएका युवालाई स्वदेशमै रोजगारी सृजना गर्ने बताए । ‘नीतिकाे अभावमा उद्योगधन्दा फस्टाउन सकेका छैनन्,’ उनले भने, ‘लगानीमैत्री वातावरण बनाउनु पर्छ। पूर्वाधारहरूकाे विकाससहित काठमाडौंलाई व्यवस्थित शहरको रुपमा विकास गर्नुपर्छ ।'

प्रकाशित: २६ कार्तिक २०७४ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App