coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआईसी एशिया बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ।

 बैंकले रु. १,००० अंकित दरका ३०,००,००० कित्ताले हुन आउने रु.३ अर्ब बराबरको 'एनआईसी एशिया ऋणपत्र २०८१/८२' निष्कासनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ति गरेको हो।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एन आई सी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। रु.३ अर्ब बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (रु.२ अर्व ४० करोड) व्यक्तिगत र २० प्रतिशत (रु. ६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितो पत्र बोर्डको स्वकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएको छ।

 

प्रकाशित: २६ कार्तिक २०७४ १३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App