ओलम्पियामा गुञ्जिइन् अभया

सोमबार, २७ कार्तिक २०७४, ०९ : ४६ नागरिक


काठमाडौं- अमेरिकाका सात शहरमा कन्सर्ट गरेर केही समय अघि मात्र नेपाल फर्किएको रकपप व्याण्ड ‘अभया एन्ड द स्टिम इन्जन्स’ले राजधानीको ओलम्पिया वल्र्ड स्कुलमा सांगीतिक प्रस्तुति दिएको छ । अभया एन्ड द स्टिम इन्जन्स स्कुलको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘ओलम्पिया फेट (मेला)’ मा विद्यार्थी, अभिभावक, शिक्षकशिक्षिकालाई सांगीतिक माहोलमा झुमायो ।
‘नारीको सम्मान’ नारा सहित गरिएको कार्यक्रममा ‘हामी सबै नेपाली’, ‘नैनीताल मास अप’, ‘लुकिङ फर लभ’, ‘रमाउन देऊ’, ‘तिम्रो लागि’, यो मेरो घर’, ‘बादल’ गीत प्रस्तुत गरिएको थियो । मेलाको उद्घाटन महिला जुडो खेलाडी तथा ओलम्पियन फुपु ल्हामु खत्रीले गरेकी थिइन् ।
मेलामा हर्स राइडिङ, फेस पेन्टिङ, खेलकुदलगायत विभिन्न मनोरञ्जनात्मक गतिविधि गरिएको थियो । मेलामा विभिन्न स्वादका परिकार पनि राखिएका थिए । कार्यक्रमको व्यवस्थापन पोजिटिभ भाइब्सले गरेको थियो ।

 






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

नयाँ मिस नेपालको खोजी

नयाँ मिस नेपालको खोजी

मिस नेपालको आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको मिस नेपालको तयारी थालेको छ । ...

‘पशुपति’ मा नीताको ‘हुर्रे’

‘पशुपति’ मा नीताको ‘हुर्रे’

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’को दोस्रो गीत ‘पशुपति’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा फिल्म...

ट्रेलर लिएर आइन् ‘कान्छी’

फागुन ४ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै तीन वर्षअघि फिल्म ‘कोहिनूर’मा अभिनेता श्रीकृष्ण...

‘कान्छी’को ट्रेलर सार्वजनिक

‘कान्छी’को ट्रेलर सार्वजनिक

अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफै निर्माता रहेकी श्वेताले बुधबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक...