६ वैशाख २०८१ बिहीबार
विचार

रानीपोखरीको स्वरूप

हरेक देशले समयअनुसार नयाँ र नौला कुरा सोच्नुपर्छ । नत्र त आजको संसार किन यति सुन्दर र आधुनिक बन्न सक्थ्यो र ? तर यसरी सोचिने विषयवस्तुु भने नवीन र सिर्जनात्मक भने हुनैपर्छ ताकि अरु देशभन्दा यी सिर्जना पृथक होउन्। अन्य देशका पर्यटकले जिब्रो टोकून र नथाकुन्जेल हेरिरहून् । जस्तै– जापानमा टोलटोलमा पार्क छन् । पोखरी छन् । तिनले सबैलाई लोभ्याउँछन् । नाम चलेको टोकियो टावर पनि छ त्यहाँ । तर पनि ‘पोन्ड क्याफे’ भने देख्न पाइएन । त्यसैले आफ्नो जापान भ्रमणका क्रममा लागेको थियो कि त्यहाँका अनगिन्ती पोखरीमध्ये कुनैमा क्याफे पनि भइदिएको भए... ?

यतिबेला राजधानीको रानीपोखरीलाई नयाँ रूप र आवरण दिइँदैछ । त्यसैले यो पोखरीमा क्याफे पनि राख्न सके नयाँ प्रयोग हुन्थ्यो र नेपालका लागि नौलो पनि हुन्थ्यो भन्ने लाग्छ । आखिर पोखरीमात्र त यो दुनियामा कति छन् कति, नेपालको मुटुमा अवस्थित पोखरीमा यो विशेषता छ भन्ने देखाउन सकिएमात्र यसलाई पुनर्जीवन दिनुको अर्थ रहन्छ । यसो हुन सकेमा विदेशीमात्र हैन, स्वदेशी पर्यटक पनि यहाँ रमाउन र आफूलाई भुलाउन मरिहत्ते गर्नेमा शंका मानिरहनु पर्दैन ।

२०७२ सालको वैशाखमा आएको भूकम्पले नेपालका अधिकांश संरचना ध्वस्त पारिदिएकोबारे सबैमा जानकारी छ । यो निष्ठुर भूकम्पले रानीपोखरीलाई पनि बाँकी नराखेको कुरा सत्य हो । तत्कालीन राजा प्रताप मल्लका पालामा बनेको यो ऐतिहासिक पोखरका महत्व र किम्बदन्ती पनि प्रशस्तै छन् । त्यसैले पनि यसलाई पुनर्निर्माण त गर्नैपथ्र्यो, साथै यसलाई अवसर पनि ठानेर नयाँ सिर्जना थप्न सकियो भने यो ऐतिहासिक थलोको महत्व झनै थपिनेमा सबै ढुक्क भए हुन्छ । त्यसैले पनि यो महत्वपूर्ण स्थानको पुनर्निर्माणबारे चासो र बहस सबैको विषय बन्न पुगेको हो र बन्नु पनि पर्छ । यसलाई अन्यथा मान्नुहुँदैन।

हो नेपाल गरिब छ, त्यसैले यस्ता ऐतिहासिक संरचनाका लागि खासै खर्च गर्न सक्दैन । खर्चै गर्न नसकेपछि त्यसबाट आम्दानी हुने कुरा पनि भएन । तर यसको पनि उपाय छ– संरचना राम्रो बनाउने । जाउँ जाउँ लाग्ने पार्ने । विभिन्नखालका सुविधा उपलब्ध गराउने । त्यसो भयो भने मानिस जत्ति पनि आउन खोज्छन् । उनीहरुलाई रोक्नुपर्ने अवस्थासमेत आउन सक्छ । र, यसरी आउने मानिससँग सामान्य शुल्क लिने । यसो हुन सक्यो भने रानीपोखरी परिसरमा हुने निर्माण होस् या यसलाई उचिततवरले संरक्षण गर्नका लागि सरकारले बजेट विनियोजन गर्नैपर्दैन । नजिकैको टु“डिखेलमा टिकट तिरेर रमाउन भित्र जानेहरुले पनि यसलाई पुष्टि गरिसकेका छन् । त्यसैले रानीपोखरीलाई राम्रो गराउन लगानीको कुनै चिन्तै पर्दैन ।

अर्को पक्ष भनेको माछा पालन । सेतो प्लास्टिकको सिसा प्रयोग गरेर माछा पालन गर्न सकिन्छ भने क्याफेमा खाँदै रमाउँदै गरेका मानिसले उक्त माछा आफूसँगै रहेको आभाष गर्न पनि पाउँछन् । एकातिर माछा खेलिरहेका, अर्कोतिर ती माछा आफैँसँग भएको अनुभूत गर्न पाउने अवस्थाले यहाँ सबैलाई डोहो¥याउँछ । सिसाको पोखरीमा नाचिरहेका रंगीचंगी माछा नै पनि आन्तरिक र बाह्य पर्यटकका लागि एउटा गतिलो माध्यम हुन सक्छ । यसतर्फ अहिलेदेखि नै विचार पु¥याइयो भने त्यो सम्भव छ । क्याफेबाट आउने भाडाले पनि रानीपोखरी परिसरलाई थप आकर्षक बनाउन सहयोग पु¥याउनेमा दुई मत छैन ।

अर्को कुरा यो पनि गर्नु आवश्यक छ कि पोखरीको वरिपरि पूरै बार लगाउनुपर्छ । यसो हुन सकेन भने केटाकेटीमात्र हैन, ठूलै मानिस पनि उराठलाग्दो जिन्दगीलाई त्यहीँ बिसाइदिने निर्णयमा पुग्न सक्छ । यस्तो अवस्था ननिम्त्याउन तथा पानी र पानीसँग सम्बन्धित फोहोरालगायतका आनन्द हेरेरै भरपुर मनोरञ्जन लिन मिल्ने व्यवस्था पनि अपरिहार्य छ ।

प्रकाशित: १९ श्रावण २०७३ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App