८ वैशाख २०८१ शनिबार
समाज

विषादी सेवन गरेका एक बालकको मृत्यु

महोत्तरी – सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि घाइते भएका एकजना नाबालकको मृत्यु भएको छ। 

गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ। 

त्यस्तै, ठाकुरकै कान्छा छोरा तीन वर्षीय उदय ठाकुरको सघन उपचारकेन्द्रमा राखेर उपचार भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिए। 

प्रहरीले दिएको जानकारी अनुसार हिजो साँझ सडकमा खेल्ने क्रममा भेटिएको प्याकेटमा रहेको विषादीलाई खानेकुरा सम्झेर खाएपछि उद्धव र उदय गम्भीर बिरामी परेका थिए। 

उनको तत्काल प्राथमिक स्वास्थ्य केन्द्र, गौशालामा ल्याएता पनि समयमै चिकित्सक नआएपछि उनीहरुलाई जनकपुर अञ्चल अस्पताल लगिएको र त्यहाँँबाट उदयलाई भने थप उपचारका लागि विराटनगर पठाइएकोे छ। 

प्रकाशित: २७ कार्तिक २०७४ ०९:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App