८ वैशाख २०८१ शनिबार
कला

रुस्लानको प्रायोजनमा एल्वाट्रोस देश दौडाहामा

काठमाडौँ –  नेपालको चर्चित रक व्याण्ड एल्वाट्रोस देश दौडाहमा निस्किएको छ । रुस्लान वेभ रक टुर २०१७ नाम दिइएको उक्त कार्यक्रम नोभेम्वर ११ मा पब्लिक ग्राउण्ड धरान, १३मा क्याम्पाचौर चितवन, १४मा एन्फा स्टेडियम बुटवल, १६मा प्रर्दशनी केन्द्र पोखरा हुँदै १९मा बनेपा बसपार्क बनेपामा हुने भएको हो। 

एल्वाट्रोस युवाहरु माझ निकै लोकप्रिय समुह हो । करिब २ घण्टा सम्म चल्ने प्रस्तुतिमा ब्याण्डले नयाँ तथा पुरानो गीतहरू प्रस्तुत गर्नेछ । ब्याण्डका भोकलिष्ट शिरिष डली यस कार्यक्रम प्रति निकै आशावादी छन् र यस्तो कार्यक्रमले नेपालमा रक संगीत विकास र विस्तारमा नयाँ आयाम थपिने कुरामा विस्वस्त छन्। 

उक्त कार्यक्रमलाई रुस्लान भोड्काले प्रायोजन गरेको छ ।

प्रकाशित: २७ कार्तिक २०७४ १२:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App