७ वैशाख २०८१ शुक्रबार
कला

नरेशको थारुको ‘प्यार के इन्ट्री’

काठमाडौं- थारु भाषाका गीतमा स्वर, संगीत र अभिनय गर्दै आइरहेका नरेश जोगीले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । ‘प्यार के इन्ट्री’ बोलको गीतमा शब्द र संगीत नरेशकै छ । स्वरमा नरेशलाई गायिका अन्नु चौधरीले साथ दिएकी छिन् । लोकदोहोरीमा गीतमा लोकप्रिय रहेकी मोडल करिष्मा ढकालले गीतको भिडियोमा अभिनय गरेकी छिन् । उनीसँगै थारु मोडल प्रिन्सराज खुना फिचरिङ छन् । ‘यो थारु भाषाको रोमान्टिक गीत हो, आशा छ दर्शकले मनपराउनुहुनेछ,’ गायक जोगीले भने । रविन थापा निर्देशित भिडियो करण शिशिरले खिचेका हुन् भने सम्पादन विष्णु शर्माको रहेको छ ।

 

प्रकाशित: २८ कार्तिक २०७४ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App