अभियानको सांस्कृतिक घोषणापत्र

मङ्गलबार, २८ कार्तिक २०७४, ११ : ५४ डा. रमेश ढुंगेल


झन्डै तीन दशक बितिसक्यो, अझै देशमा नेपालीले चाहेको एउटा निर्दिष्ट राजनीतिक परिपाटीले संस्थागत रूप लिन सकिरहेको छैन । आधुनिक नेपालका निर्माताले यस महाद्वीपका साझा परम्परा संरक्षणको अभियानसहितको साझा संस्कृतिले सुसज्जित यस सिंगो हिमाच्छादित पवित्र राष्ट्र निर्माणको महान् योजनालाई यो अवधिभन्दा कम समयभित्रै हजारौँ स्थानीय परम्परा विरोधी बाह्य शत्रुको नाश गर्दै सफल बनाएका थिए । आजको मानवताका सिद्धान्त र प्राविधिक विकासको यस युगमा हामीले चाहिँ  स्थानीयतालाई अवहेलना र बाह्य अनुक्रमणवादलाई परिवर्तनको नाममा मूल बाटो बनायौँ ।

स्थानीय र महादेशीय महान् मान्यता र परम्पराको साझा धारणाको धरातलमा बनेको नेपाल र नेपालीको इतिहासमा अहिले अत्यन्त विभाजनकारी स्थिति सिर्जिएको अवस्था छ ।  

२०४६ सालको राजनीतिक परिवर्तनको आन्दोलनले प्रतिबन्धित संसदीय व्यवस्थालाई खुला गर्ने र बहुदलीय संसदीय पद्धतिका निम्ति बाटोसम्म खुलाएको त थियो तर उल्टै एउटा उग्र वामपन्थी समूहले भूमिगत सशस्त्र युद्ध पो सुरु ग¥यो । यसले देशका परम्परागत मान्यता र आधारलाई क्षतविक्षत बनायो । उता जनचाहनाको सौम्य, सभ्य र वास्तविक प्रजातन्त्रको सपनालाई पनि केवल सपनामा नै सीमित तुल्याइदियो । दूरदराजका गाउँ र जंगलबाट परिवर्तनको नाममा खास योजना र बाटोरहित मानवीय समाज–संस्कृति र परम्पराको घनघोर विरोधी लूटतन्त्रको उधुम मच्चियो देशमा । नेपालको इतिहासमा आन्तरिक कलहका रूपमा कहिल्यै नभएको र असम्भव इतिहास ‘क्रमभङ्ग’ गर्ने कुत्सित नाराकासाथ अगाडि बढ्ने क्रममा नेपालीले झन्डै बीसौँ हजार नेपालीको ज्यान लिने काम मात्र भयो । वास्तवमा राजनीतिक स्थिरता, शान्ति, सहिष्णुता र अमनचैन नेपालीको पोल्टाबाट अत्यन्त दुःखद रूपमा खोसिएको खोसियै छ । समाज विभाजित, गरिब झन् गरिब, भ्रष्टाचारी मौलाउने, शिक्षा, बन्द–व्यापार, उद्योगधन्दा आदिमा अन्धकारको अवस्थासमेत सिर्जियो । स्वधर्म र संस्कृतिका आधार भत्काउने जघन्य अपराधी काम भए । अहिले खुराफाती, भ्रष्टाचारी, जनता झुक्याउने र देश लुट्ने तालमेल र नवठालुहरूको कोठे लहडबाजीको अचम्मको कुसंस्कृतिले नेपालको प्रजातन्त्रलाई क्षत–विक्षत पारिरहेको छ । धन्य हो, यस्तो अन्योल र अनेक मतमतान्तर हुँदाहुँदै पनि सच्चा प्रजातन्त्रको उपभोग गर्नपाउने आशामा झुन्डिएका भोका नेपाली जनताले वास्तविक प्रजातन्त्र र धरोहर रक्षाको आवाजसाथ कोरा र अनर्थका नाराबाजी मच्चाउने आजको नेतृत्ववर्गसँग पूर्ण कटाक्षताका साथ आन्दोलन उठाएका छैनन् । कथित जस्तो पारिएको प्रजातान्त्रिक प्रक्रिया यस्ता अनेक सोच्नै नसकिने अवस्थाका बाबजुद पनि स्वेच्छाचारी र स्वार्थी सञ्चालकको हेजेमोनी खप्दै अगाडि चलिरहेको छ । नेपालीको शान्तिप्रेमी विशेषताको मात्र नतीजाका रूपमा यसलाई मान्नुपर्छ । यस्तो पथभ्रष्ट प्रजातन्त्रको अवस्था नेपालीबाहेक विश्वका कुनै पनि देशका नागरिकले सहन गरेका उदाहरण विरलै पाइएलान् !
एउटा कुरा अकाट्य छ— नागरिक वा लोकले आफ्ना लोकमान्यता अनुरूप पूर्ण समर्थन र थप बल प्रदान नगरी शासकीय संस्थाहरूको मात्र भरमा कुनै पनि प्रजातन्त्र वा लोकतन्त्र सुदृढ मात्र नभई बाँच्न नै सम्भव हुँदैन । नागरिक जीवन जहिले पनि स्वधर्म–संस्कृति र स्थानीय परम्परा र मान्यता सापेक्ष हुन्छ र यही सापेक्षताको जगमा मात्र प्रजातन्त्र र राष्ट्रियता सुदृढ हुन सक्छ । विख्यात विद्वान् फुकियामाको राजनीतिक व्यवस्था र प्रजातन्त्र स्थानीय सापेक्षता (कन्टेक्स्टच्युअल) को अवस्था मात्र चल्न सक्छ भन्ने कुरा यस प्रसंगमा स्मरणीय हुन्छ । यसकारण हामीले एउटा बुझ्नैपर्ने कुरा प्रजातन्त्रको संस्थागत विकास, स्थायित्व र त्यसमार्फत हुने राष्ट्रियताको संवद्र्धनका निम्ति प्रजातन्त्रका स्थानीय अर्थात् लोकमान्यतासमेत सबै किसिमका आयामलाई संवादमार्फत नागरिक स्तरमा वा वास्तविक लोकस्तरमा पु¥याउनुपर्ने हुन्छ ।  
प्रजातन्त्र संवद्र्धनमा सबैभन्दा महत्वपूर्ण कुरा स्थानीय मौलिक परिवेशलाई आत्मसात् गर्नु हुन्छ । नागरिक जीवन र प्रजातन्त्रका विविध आयामबीच अत्यन्त गहिरो समन्वयको अवस्था कायम गरिनुपर्छ । यस्तो स्थितिको अभावमा स्थानीय परिवेशसँग घुलमिल हुन नसकी वास्तविक प्रजातन्त्रीकरणको मार्ग अवरुद्ध हुन सक्छ र त्यसले राष्ट्रियता, स्वाभिमान र स्वाधीनतामा समेत आघात पुग्न सक्ने स्थितिको सिर्जना हुनसक्ने सम्भावना हुन्छ । अर्थात् यसको असर सिंगो प्रणालीमा नै पर्न जान्छ र देशमा अराजकताको अवस्था सिर्जना हुन सक्छ । त्यसैले त्यस्तो अवस्था आउन नदिन प्रजातन्त्रले लोक अर्थात् जनसाधारण नागरिकको प्रतिनिधित्व गरेर मात्र पुग्दैन, सारा व्यवस्था नै स्थानीय लोकजीवनको प्रतिकृति बन्न सक्नुपर्छ ।  
देशको ऐतिहासिक, सांस्कृतिक जस्ता स्थानीय परिवेश अर्थात् देश, काल परिस्थिति सुहाउँदो स्थानीय परम्परागत लौकिक आस्थालाई व्यवहारमा उतार्दै जाँदा मात्र प्रजातन्त्र वा लोकतन्त्र बलियो हुन्छ किनकि त्यस्तो व्यवस्थामा नागरिक अर्थात् लोकले आफ्नो अनुहार झल्किएको देख्न सक्छन् । त्यसैले यस्तो प्रकृतिको मौलिक प्रजातन्त्रको विकास र संवद्र्धन नेपाल र नेपालीको आजको खाँचो हो र त्यस्तो अवस्था सिर्जना गर्न नागरिक स्तरको विशेष र संस्थागत सामूहिक अभियानको उद्देश्य बोकेको अभियानको नै थालनी गर्नुपरेको छ । त्यसैले प्रजातन्त्र र स्थानीय परम्परागत संस्कृति संवद्र्धन समर्पित संवाद अभियानको बाटो यस पंक्तिका विश्लेषक समेतको नेतृत्व र क्रियाशील संलग्नतामा हालै थालिएको हो । यस्तो अभियानको उद्देश्य प्रजातन्त्र र नागरिकहरूको स्वधर्म संस्कृति, उनीहरूको लौकिक अवस्थालाई एकअर्काका परिपूरक रूपमा चिनाउनु हो ताकि नागरिक जीवन र राज्यव्यवस्थाबीच अप्रिय द्वन्द्व नहोस्, एकले अर्कालाई अरू समृद्ध बनाउँदै जाने मार्ग प्रशस्त गरून् भन्ने रहेको छ ।  
प्रजातन्त्र र संस्कृति संवद्र्धन विषयक अभियानलाई जन–जन र देशका कुना–कुनासम्म पु¥याउन यसका सार्वजनिक मान्यताबारे राम्रो ज्ञान हुनु र यसको संवद्र्धन भइरहनु नितान्त आवश्यक हुन्छ ।  यसका साथै सार्वजनिक मान्यता र आफ्नो देशको मौलिक परिवेशबीच तादात्म्य स्थापित गर्दै यस्तो अभियानलाई अविलम्ब अगाडि बढाउनुपर्ने भइसकेको हो । अन्यथा, लोकजीवन र लोक समर्पित प्रजातान्त्रिक व्यवस्था एकअर्काका परिपूरक नभएर प्रतिरोधी बन्न जाने सम्भावना हुन्छ र स्थानीयताका नाममा सार्वजनिक मान्यता खण्डित गर्ने प्रयत्न समेत हुन सक्छ । अहिले बाह्य धर्म, संस्कृति र परम्पराको प्रत्यक्ष–अप्रत्यक्ष अतिक्रमण स्थानीयताको नाममा देशभित्र नगरदेखि कुनाकन्दरासम्म हाम्रा मौलिक मान्यतालाई तहसनहस पार्दै पुगिरहेको अवस्था दिनको घामजस्तै भइसकेको छ । युरोप र अमेरिकादेखिका विदेशी मित्रहरूसमेत नेपालको अवस्थादेखि अहिले त्रस्त हुँदै लेखमार्फत प्रमाणसहित खुला अभिव्यक्ति दिन थालेका छन् । सार्वजनिक मान्यताको नाममा स्थानीयतामाथि अतिक्रमण भएका अब हजारौँ उदाहरण यत्रतत्र देख्न र भोग्न परिरहेको स्थिति छ । स्थानीय र महादेशीय महान् मान्यता र परम्पराको साझा धारणाको धरातलमा बनेको नेपाल र नेपालीको इतिहासमा अहिले कुठाराघात गर्दै अत्यन्त विभाजनकारी स्थिति सिर्जिएको अवस्था छ ।  
सांस्कृतिक वैशिष्ट्य र लोकतन्त्रका विश्वव्यापी मान्यताबीच तादात्म्य स्थापित गरिएन भने राष्ट्रले एकातिर आफ्नो पहिचान गुमाउँछ भने अर्कातिर प्रजातन्त्रलाई जीवन पद्धतिकारूपमा वरण र विकसित गर्न सक्दैन । यस किसिमको अप्ठेरो र विकृति नआओस् भन्ने उद्देश्यले नागरिकहरू सक्रियरूपमा आबद्ध रहने सशक्त वैचारिक संवाद गर्ने संस्था स्थापना आजको आवश्यकता हो । यही अभिप्रायले प्रजातन्त्र र संस्कृति संवद्र्धन अभियानको प्रारम्भ आजैका दिनदेखि हुन लागेको हो । आउनुहोस, यस पवित्र अभियानमा भाग लिएर देशको प्रजातन्त्र र स्थानीय स्वधर्म संस्कृतिको एकीकृतरूपमा संवद्र्धन गर्दै राष्ट्रियता र पूर्ण स्वाभिमानसहितको स्वाधीनताको संरक्षण  गरौँ ।
अभियानका मूल उद्देश्यः १. नेपाली मौलिक परिवेशसम्मत लोकतन्त्रको संवद्र्धन २. अति उतारचढावरहित सभ्य र सौम्य प्रजातन्त्रको विकासमा टेवा ३. पूर्ण वैचारिक स्वतन्त्रतासहित संगठित हुने स्थिति, बहुलवादको सिर्जना र सहिष्णुता ४. सर्वमान्य मूलभूत प्रजातान्त्रिक मूल्यमान्यताको संवद्र्धन ५. स्वस्थ र सौहाद्र्र दलीय प्रतिस्पर्धाको अवस्थाको सिर्जना ६. स्थानीय परम्परागत स्वधर्म संस्कृतिको संवद्र्धन गर्दै शान्ति  र समृद्धि कायम ७. हाम्रो देश र समाजमा उपयुक्त हुने प्रजातन्त्रका अन्य सबै किसिमका अवयवको सिर्जना आदि ।      
 (लेखक प्रजातन्त्र र संस्कृति संवाद अभियानका संयोजक हुन्)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

मिस वर्ल्डको उपाधी मिस इन्डिया मानुषीलाई

यस वर्षको मिस वर्ल्डको उपाधी मानुषी चिल्लरको जितेकी छिन् । शनिबार चीनको सान्यामा आयोजित ६७ औं मिस वर्ल्डको फाइनलमा गत...

धनगढी तताए हेमन्तले

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले...

‘बडी सेमिङ’ विरुद्ध विद्या

‘बडी सेमिङ’ विरुद्ध विद्या

हरेक प्रश्नको निरासपूर्ण उत्तर दिने बलिउड अभिनेत्री विद्या वालनको सम्बन्ध पत्रकारहरूसँग सौहाद्र रहँदैन । आगामी फिल्म ‘तुम्हारी सुलु’को प्रमोसनका बेला...

‘भैरे’ बन्दै दयाहाङ

‘भैरे’ बन्दै दयाहाङ

अभिनेता दयाहाङ राई पछिल्ला केही फिल्ममा टिपिकल चरित्रमा देखिन थालेका छन् । रिलिज भइसकेको फिल्म ‘वीरविक्रम’मा ‘वीर’ बनेका उनी पोस्ट...