५ वैशाख २०८१ बुधबार
समाज

मुढोले हिर्काउँदा किशोरको मृत्यु

खोटाङ, कार्तिक २८ – रुखको मुढोले हिर्काउँदा खोटाङमा किशोरको मृत्यु भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा जंगलमा दाउरा खोज्नेक्रममा सँगै गएका साथीले लडाएको मुढोले हिर्काउँदा उदयपुरका नरबहादुर राईका छोरा १४ वर्षीय दिपक राईको मृत्यु भएको हो ।

ढुंगामा ठोक्किएर उछिट्टिएको मुढाले टाउको र चिउँडोमा लाग्दा गम्भीर घाईते भएका दिपकको उपचारका लागि काठमाडाैं जानेक्रममा मंगलबार बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । मुढाले लागेपछि गम्भीर घाईते भएका राईको जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि काठ्माण्डौं लैजानेक्रममा जयराममा पुगेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

जंगलमा दाउरा खोज्नेक्रममा सोमबार डिगेम्पा राईले लगाएको मुढा उछिट्टिएर दिपकलाई लागेको थियो । दिपक निर्मलीडाँडामा निर्माणाधिन कुलो निर्माणमा मजदुरी गर्न बाबुआमासँगै खोटाङ आएका थिए । ‘किशोर बाबुआमासँगै कुलो निर्माणका काममा मजदुरी काम गर्न उदयपुरबाट आएका रहेछन्,’ डिएसपी थापाले भने, ‘अञ्जानमा मुढाले हिर्काउँदा मृत्यु भएको भनेर आफन्त शव लिएर उदयपुर हिँडिसकेका छन् ।’

प्रकाशित: २८ कार्तिक २०७४ १०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App