सोलुखुम्बुमा ‘नो भोट नो क्याण्डिडेट’ अभियान

मङ्गलबार, २८ कार्तिक २०७४, १७ : ११ राधा ढुंगाना


सोलुखुम्बु, कात्तिक २८ – प्रदेश र प्रतिनिधि सभाको चुनावी माहौल तात्दै गएपनि सोलुखुम्बुको तिङला क्षेत्र सुनसान देखिएको छ । तिङ्लाबासीले तिङ्लालाई सोलु दुधकुण्ड नगरपालिकामा समावेश गर्नु पर्ने माग गर्दै ‘नो भोट नो क्याण्डिडेट’ अभियान सुरु गेका छन् ।
स्थानीय तहको निर्वाचनमा पनि ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएका तिङ्लाबासीले मतदानमा सहभागी बन्न ईच्छा भएपनि माग पुरा नभए सम्म कुनैपनि निर्वाचनमा सहभागी नहुने बताएका छन् । निर्वाचन मिति आउन १२ दिन बाँकी रहँदा कुनै पनि दल तथा उम्मेदवारले पहलकदमी नगरेको तिङलाबासीको गुनासो छ । उनीहरुले राजनितिक दलले मागको वेवास्ता गरेर ५ हजार भन्दा बढी नागरिकलाई मतदान गर्ने अधिकारबाट बञ्चित गरेको आरोप लगाएका छन् ।

‘हामीलाई ३० मिनेटको दुरीमा रहेको सोलु–दुधकुण्ड नगरपालिकामा बस्न नदिएर ओखल्ढुंगाको सिमानामा पर्ने ६ घण्टाको दुरीमा रहेको गाउँपालिकामा राखियो । त्यसैले हामी चुनावमा भाग नलिने अडानमा हो,’तिङ्लाका एमाले नेता नरबहादुर कट्वालले भने, ‘हाम्रो गाउँलाई प्रस्तावित गाउँपालिकाले छुट्टिएर जान सहमती दिईसक्यो अनि सोलुदुधकुण्ड नगरपालिकाले मिसाउन सहमति दिएपनि स्थानीय विकास मन्त्रालयले भने हाम्रो माग सुनुवाइ गरेन ।’  

स्थानीय विकास मन्त्रालयबाट फाईल अघि नबढेकाले तिङलाबासी निर्वाचनमा सहभागी बन्नेनबन्ने भन्ने विषयमा अन्यौल कायमै छ । ‘हामीले पहल गरेपनि प्रक्रिया किन रोकिएको छ,’ संघर्ष समितिका संयोजक कार्कीले भने, माग पुरा नहुन्जेल हाम्रो आन्दोलन जारी रहन्छ ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न...

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

‘महिलाको चरित्र चित्रणमा कमजोर नेपाली फिल्म’

नेपाली फिल्मलाई बलिउडको नक्कल गर्ने आरोप लागेको छ । अझ त्यसरी बनेका फिल्ममा पनि शिल्प र सौन्दर्य नभएको गुनासो सुनिन्छ...

धनगढी तताए हेमन्तले

डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन् । रुबस होटलमा दिउसो भएको एकल रचना वाचन कार्यक्रममा...

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को...