उम्मेदवारको घरदैलो श्रृङ्खला

नक्सालका गल्लीभित्र गगन थापाकाे घरदैलाे (भिडियो)

मङ्गलबार, २८ कार्तिक २०७४, १७ : ५७ कृष्ण ढुंगाना  | @krishnakirtipur


काठमाडौं— मंगलबार बिहान ७ः३० बजेतिर नक्साल क्षेत्रमा बसोबास गर्ने अमिर श्रेष्ठ मर्निङ वाकबाट फर्किरहेका थिए। काठमाडौंको ठण्डीमा पशुपतिको एक फन्को लगाएर फर्किंरहँदा भगवती बहाल क्षेत्र चुनाबी घरदैलोले तातिसकेको थियो। चारतारे झन्डा बोकेका काँग्रेस कार्यकर्ता नागपोखरी जाने बाटोमा भोट माग्दै थिए। कोही गगन थापाको चुनाबी अभियानका लागि तयार पारिएको र्‍याप गीतमा अप्ठ्यारोसँग कम्मर मर्काइरहेका देखिए।

‘अब चुनाब लागेछ’, उनले नागरिकन्युजसँग भने, ‘पहिला पनि यहाँका नेता गगन थापा नै हुन्। भोट माग्न पनि उनी सुरुमै आएछन्।’ उनले योभन्दा अगाडि अरु दलका नेता भोट माग्न नआएको प्रस्ट्याए। यतिकैमा गगन थापाको घरदैलो नक्सालको मूल सडकमा निस्कियो। 

२०४३ सालदेखि नक्साल बस्दै आएका उनले निर्वाचनका एजेन्डा सोधेनन्। बरु सिधै गगन थापासँग अंकमाल गरे। 'विजयको लागि शुभकामना छ', उनले भने।

बाटोमा गगनलाई भेट्ने युवाहरु आएर हात मिलाउथेँ। उनकै उमेर समूहकाहरुलाई पनि उनी नमस्ते गर्थे। ज्येष्ठ नागरिक भेटिए शिर झुकाएर आर्शीवाद लिन्थे। कोही स्वास्थ्यमन्त्री हुँदा गरेका कामको प्रशंसा सुनाउथे। कोही टोलका समस्या उठाउथेँ। कोही गलामा फूलको माला लगाइदिन्थे, कोही खादा। सबै मतदाता समक्ष उनी उस्तै गरी पेश हुन्थे— पहिला मुस्कान अनि नमस्ते। 

घरदैलो टोली नागपोखरीतर्फ जाँदै गर्दा पुरानो एकतले घरको दैलोबाट एक जना वृद्धा हेरिरहेकी थिइन्। उनको नजिकै पुगेर गगनले शिर झुकाए।
‘मेरो तर्फबाट तपाइँलाई शुभकामना छ’, बसुन्धरा श्रेष्ठ नाम गरेकी उनले एक काइँयो केरा उपहार प्रदान गर्दै भनिन्, ‘यहाँबाट जितेर देशको सेवा गर्नुहोला।’ 

‘हस्, तपाइँहरुको विश्वास टुट्न दिने छैन’, गगनले विश्वास दिलाए। 

बिहान ७ः३० बजे सुरु भएको घरदैलो करिब ८ बजे मुख्य बाटो छोडेर नागपोखरी कोलाेनीभित्र प्रवेश गर्‍यो। मनकामना दर्शन प्रालिको केन्द्रीय कार्यालयसँगैको गल्ली भित्र ठूलो कम्पाउन्ड भएका घरहरु देखिए। ‘यहाँ हाम्रा साथीहरुका घर छन् जानुपर्छ’, कार पार्किङ गरिरहेका घरहरुतर्फ देखाउँदै एक जनाले भने। 

‘यो ठाउँका मतदाताको लागि म नौलो होइन। मेरा लागि पनि उहाँहरु नयाँ होइन’, गगन थापाले भने, ‘यहाँ अरुबेला पनि गारोसारो पर्दा हाम्रो नियमित रुपमा भेटघाट हुने गर्छ तर पनि मत माग्न आउनु फरक कुरा हो।’

‘काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, काँग्रेसकै नेतृत्वमा समृद्धि र विकास अभियान’, प्रदीप चन्द पण्डित हाते माइकबाट फलाक्दै थिए। उनको अाह्वान सुनेर छतमा घाम तापिरहेकाहरु चासोपूर्वक तल गल्लीमा आँखा दौडाउथेँ। पाहुना आएको देखेर तल ओर्लिने मध्ये एक थिए– नरेन्द्रबहादुर श्रेष्ठ। २०४३ सालदेखि नक्साल बस्दै आएका उनले निर्वाचनका एजेन्डा सोधेनन्। बरु सिधै गगन थापासँग अंकमाल गरे। 'विजयको लागि शुभकामना छ', उनले भने।

कामपा वडा नं. १ इलाका समिति सभापति भोला थापाले उत्तरतर्फको गल्लीमा प्रवेश गर्न इसारा गरे। हुल त्यतै सोझियो। नेवार समुदायको बाक्लो बसोबास रहेको यहाँको घरदैलोका मुख्य सारथि थिए– प्रदेश सभाका उम्मेदवार नरोत्तम वैद्य र भोला थापा । उनीहरु जता भन्थे घरदैलो त्यतै लाग्थ्यो। नरोत्तम वैद्य स्थानीय नेवार समुदायका व्यक्तिहरुसँग नेवारीमै बात मार्थे । 

‘हामीले प्रचार सामग्री बाँड्ने, विचार दिएर मत माग्ने अलग अलग टोली छुट्याएका छौं’, घरदैलोको अगुवाइ गरिरहेका भोला थापाले सुनाए। ‘त्यही भएर गगनजीले बोलिरहनु पर्ने अवस्था छैन। उहाँले जवाफ दिन थाल्दा धेरै समय लाग्छ। धेरै घरमा पुग्न यसो गरिएको हो।’ 

म नयाँ होइन, मतदाता नयाँ होइनन्
नक्साल क्षेत्रमा घरदैलो कार्यक्रम चलिरहँदा गगन थापा निकै उत्साही देखिन्थे। नरोत्तम वैद्य प्रदेश सभा निर्वाचनका उम्मेदवार हुँदा आफूलाई थप सहज भएको उनको बुझाइ रहेछ।

‘यो ठाउँका मतदाताको लागि म नौलो होइन। मेरा लागि पनि उहाँहरु नयाँ होइन’, गगन थापाले भने, ‘यहाँ अरुबेला पनि गारोसारो पर्दा हाम्रो नियमित रुपमा भेटघाट हुने गर्छ तर पनि मत माग्न आउनु फरक कुरा हो।’

फोटो/भिडियो : प्रबीन कोइराला









ह्‌यासट्याग:






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

नयाँ मिस नेपालको खोजी

नयाँ मिस नेपालको खोजी

मिस नेपालको आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको मिस नेपालको तयारी थालेको छ । ...

‘पशुपति’ मा नीताको ‘हुर्रे’

‘पशुपति’ मा नीताको ‘हुर्रे’

आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘हुर्रे’को दोस्रो गीत ‘पशुपति’ सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा फिल्म...

ट्रेलर लिएर आइन् ‘कान्छी’

फागुन ४ मा प्रदर्शनमा आउन लागेको फिल्म ‘कान्छी’को ट्रेलर सार्वजनिक भएको छ । झन्डै तीन वर्षअघि फिल्म ‘कोहिनूर’मा अभिनेता श्रीकृष्ण...

‘कान्छी’को ट्रेलर सार्वजनिक

‘कान्छी’को ट्रेलर सार्वजनिक

अभिनेत्री श्वेता खड्काको फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ। आफै निर्माता रहेकी श्वेताले बुधबार पत्रकार सम्मेलन गरी ट्रेलर सार्वजनिक...