coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

दीपिकाको आक्रोश

मुम्बई– बलिउड निर्माता तथा निर्देशक सञ्जय लिला भन्सालीको रिलिजउन्मुख फिल्म ‘पद्मावती’को फष्टलुक बाहिर आउनसाथ पक्ष र विपक्षमा आवाज उठिरहेको छ । भारतका विभिन्न ठाउँमा फिल्मको विरोध र राजनेता माथि नै प्रतिबन्ध लगाउनुपर्ने आवाज उठिरहँदा फिल्मकी प्रमुख पात्र दीपिका पादुकोणले फिल्मको रिलिजलाई कसैले रोक्न नसक्ने बताएकी छिन् ।

फिल्ममा ऐतिहासिक तथ्यलाई तोडमोड गरी रानी पद्मावतीको अपमान गरिएको आरोप लगाउँदै फिल्मको प्रतिबन्धको माग उठिरहँदा नायिका दीपिकाले फिल्म रिलिज गर्नैपर्ने बताएकी हुन् । ‘फिल्म रिलिज हुनुपर्छ र यसलाई कसैले रोक्न सक्दैन,’ उनले भनेकी छन्, ‘एक महिलाको रूपमा म यो फिल्मको हिस्सा बनेर र यो कथालाई विश्वभरीका दर्शकमाझ बताउनका लागि आपूm उभिन पाउँदा गर्व लागेको छ । यो कथा अहिलेको समयमा सबैलाई बताउन आवश्यक छ।’

फिल्मको विरोध भएको देख्दा देश कता गइरहेको छ भन्ने अन्यौल भएको उनले बताएकी छिन् । ‘हामी एउटा राष्ट्रका रूपमा कहाँ पुगेका छौं ? यो डरलाग्दो कुरा हो । यस्तो क्रियाकलापले हामीलाई अघि हैन पछि लान्छ,’ उनले भनेकी छन्, ‘हाम्रो जवाफदेहिता कोही प्रति छ भने त्यो केवल सेन्सर बोर्ड मात्र हो । मलाई विश्वास छ कि यो फिल्म रिलिज हुनबाट कसैले रोक्न सक्दैन । यो केवल ‘पद्मावती’सँग सम्बन्धित मात्र होइन कि हाम्रो एउटा ठूलो लडाइँको एउटा हिस्साको पनि हो।’

सो फिल्मविरुद्ध स्थापित राजनेता पनि लागेका छन् । तर निर्देशक भन्सालीलेले बलिउडमा राम्रो समर्थन पनि पाइरहेका छन् । गत सोमबार फिल्म उद्योगका पाँच संगठनको बैठकले सरकारले ‘पद्मावती’ रिलिजका लागि सुरक्षित माहोल बनाउनुपर्नेमा जोड दिएको छ । बैठकले भन्साली माथि भइरहेको धम्की र फिल्मको विरोधका विरुद्ध फिल्म क्षेत्रका पाँच संगठनले नोभेम्बर १६ मा १५ मिनेट फिल्म सुटिङमा रोकेर विरोध जनाउने निर्णय गरेका छन्।

महाराष्ट्रमा फिल्म प्रतिबिन्धत गर्नुपर्ने माग उठिरहेको छ । भारतीय जनता पार्टीका विधायक सुजीत सिंह ठाकुरले मुख्यमन्त्री देवेन्द्र फडणीसलाई पत्र पठाउँदै फिल्म प्रदर्शनमा रोक लगाउन माग गरेको हो । भाजपाका धेरै नेताले यो फिल्मको खुलेर विरोध गरिरहेका छन् । फिल्ममा शीर्ष भूमिकामा दीपिका छिन् भने अलाउद्दीन खिलजीको भूमिकामा रणवीर सिंह छन् । डिसेम्बर १ मा रिलिज हुने फिल्ममा साहिद कपुरको पनि अभिनय छ।

प्रकाशित: २९ कार्तिक २०७४ ०४:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App