१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चुनाव खर्च महंगियाे : दमननाथ ढुंगाना

भक्तपुर, कात्तिक २९ – भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभाका कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले निर्वाचन खर्च दैनिक महंगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसकिने अवस्थामा पुगेकोसमेत बताए ।

रफत सञ्चार क्लबले बुधबार भक्तपुरमा आयोजना गरेकाे साक्षात्कारमा उनले पैसाको आधारमा हारजित हुन थालेको बताए । नेपाल मजदुर किसान पार्टीलाई मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह पनि गरे ।

यसअघि सोही मञ्चबाट नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले ढुंगानालाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका थिए ।  कार्यक्रममा कांग्रेस भक्तपुर क्षेत्र नं १ का उम्मेदवार बाबुराजा जोशीले भक्तपुर र चाँगु नगरपालिका क्षेत्रलाई साँस्कृतिक क्षेत्रको रुपमा विकास गर्न आफ्नो उम्मेदवार भएको दाबी गरे । भक्तपुर क्षेत्र नं १ मा भक्तपुर र चाँंगुनारायण नगरपालिका पर्छ ।
 

प्रकाशित: २९ कार्तिक २०७४ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App