coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नमूना मतदानमा भोट दिने अभ्यास

खोटाङ, कार्तिक २९ – खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको नमूना मतदानमा स्थानीयले मतदान गर्ने अभ्यास गरेका छन् । आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भोट बदर हुन नदिनका लागि मतदाताले नमूना मतदानमा अभ्यास गरेका हुन् । हाटमा अाएका सर्वसाधारणलार्इ केन्द्रित गरेर जिल्ला निर्वाचन कार्यालयले दिक्तेलको हाटडाँडामा नमूना मतदानमा कार्यक्रमकाे अायाेजना गरेकाे थियाे ।

‘जानियो, जानियो, तीन वटै मतपत्रमा भोट हाल्न जानियो,’ नमूना मतदानमा भोट हालेपछि बाहिरिएका लफ्याङका सार्केजङ दर्जीले भने, ‘अव भोट बिग्रेलान् भन्ने चिन्ता छैन् ।’ मतदातालाई मतदान गर्ने विधिका विषयमा स्पष्ट बनाउँदै मत बदर हुनबाट जोगाउनका लागि नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

'मतदातालाई मतदानका विषयमा जानकारी दिन आयोजना गरिएको नमूना मतदानलाई स्थानीयले आगामी निर्वाचन अघि मतदान गर्ने अभ्यासका रुपमा लिएका छन् । नमूना मतदानका क्रममा महिला, पुरुष र अशक्तको छुट्टाछुट्टै लाईन बनाएर नमूना मतदाता गराइएकाे थियाे,'उनले भने ।

मतदाता शिक्षाका लागि कार्तिक २५ गतेदेखि स्वयंसेवक खटाएको निर्वाचन कार्यालयले मतदातामा देखिएको अलमल हटाउनका लागि नमूना मतदान गरेको हो । आगामी निर्वाचनका लागि अभ्यास गर्ने अवसरका रुपमा नमूना मतदानमा स्थानीयको उत्साहपूर्ण सहभागिता रहेको थियो । मतदाता शिक्षाका लागि एक सय ३६ मतदानस्थलका १७९ मतदाता केन्द्रमा १७९ जना मतदाता शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयंसेवकलाई खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा खोटाङका १ लाख २५ हजार १८३ मतदाताले भोट हाल्दैछन् ।
 

 

प्रकाशित: २९ कार्तिक २०७४ ०८:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App