८ वैशाख २०८१ शनिबार
राजनीति

ढुंगानाद्वारा निर्वाचनमा सहयोग गर्न नेमकिपालाई आग्रह

नगरकोट—नेपाली काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभाका उम्मेदवार दमननाथ ढुंगानाले नेपाल मजदुर किसान पार्टीसँग मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन्।

रफत सञ्चार क्लबद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा उनले सके आफ्ना पार्टीका उम्मेदवारीलाई जिताउन र नसके अन्य राम्रा उम्मेदवारलाई सहयोग गर्न आग्रह गरे।

निर्वाचन खर्च दैनिक महङ्गो हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै उहाँले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसकिने अवस्था आएको बताए।

काँग्रेस भक्तपुर १ नं निर्वाचन क्षेत्रका उम्मेदवार बाबुराजा जोशीले भक्तपुर नगर र चाँगुलाई सांस्कृतिक क्षेत्र र नगरकोटलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफ्नो उम्मेदवारी भएको बताए।

कार्यक्रममा काँग्रेस भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (क)का उम्मेदवार जीवन खत्री, (ख)का उम्मेदवार अनिल भुजु, निर्वाचन क्षेत्र नं २ (ख) का उम्मेदवार गणेशमान चक्रधरले लोकतन्त्र रक्षाका लागि काँग्रेसले निर्वाचन जित्नुपर्नेमा जोड दिए।

प्रकाशित: २९ कार्तिक २०७४ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App