कुवेतमा बेचिएकी झापाकी रेणुकाको दुबईबाट उद्धार

बुधबार, २९ कार्तिक २०७४, १७ : ४३ नारायण भुर्तेल, युएई


युएई - कुवेतमा बेचिएकी झापाकी २४ वर्षिया रेणुका दर्जीको युएईबाट उद्धार गरिएको छ। मंगलबार एनआरएन युएईले उनलाई उद्धार गरी नेपाल पठाइएको छ।

'गाउँकै दिदी पर्नेले राम्रो काम पाइने पैसा काउन सहज हुनेजस्ता विभिन्न कुराहरुको प्रलोभन देखाउनु भो त्यसैले विदेश जाने निर्णयमा पुगेर आएँ', उनले भनिन्। रेणुकालाई गाउँकै दिदी पर्ने निरु विष्टले कुवेतमा काम लगाइदिने भन्दै दुबईबाट कुवेत पुर्‍याएकी थिइन्।

'मसँग पासपोर्ट पनि थिएन। त्यही दलाले पासपोर्ट बनाई दिएर भारतको बाटो दुबई हुँदै अक्टोबर ३० कुवेत पुर्‍याए', उनले भनिन्। त्यतिबेला उनी ६ दिनसम्म कुवेत विमानस्थलमै अलपत्र परेकी थिइन्। त्यसपछि भारतीय मूलका एक युवाले उनलाई एउटा कोठामा पुर्‍याएको थियो। त्यहाँ अरु पनि नेपाली चेलीलाई यातनापूर्वक राखिएको उनले सुनाइन्। 'त्यो ठाउँमा जम्मा पारेर कुवेतीलाई बेचिँदो रहेछ', उनले सुनाइन्।

आफू त्यहाँ बस्न नसक्ने बताएपछि भारतीयले आईतबार उनको भिसा क्यान्सिल गरि दुबई पठाएका थिए। 

कसरी उद्दार भयो युएईबाट 

दलालले कुवेतबाट युएई पठाएकी रेणुका आईतबार दुबई आइपुगिन्। तर उनी विमानस्थलबाट बाहिर आउन चाहिनन्। बाहिर उनलाई दलालको सम्पर्क व्यक्ति पर्खिरहेकाले फेरि यतना पाउने त्रासले उनी भित्रै बसेकी थिइन्। विमानस्थलमा उनको चिनजान नेपाली चेली रचाना तामाङसँग भयो।

काठमाडौंकी रचना दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा काम गर्छिन्। 'हामी काम गरिरहेको थियौं', रचना तामाङले नागरिकन्युजसँग भनिन्, 'रेणुका हामी भएतिर दौँडदै आइन् र दिदी मलाईँ बचाउनुस म बेचिएका छु भनिन्।'

रचनाका अनुसार रेणुका लिन एयरपोर्टमा एक नेपाली युवा र एक युवति आएका थिए। नेपाली युवकसँग हामीले सोधपुछ गर्न थालेपछि त्यहाँबाट भागेको रचाना बताउँछिन्। सोमबार रचनाले एनआरएनए महिला संयोजक मोती राईलाई सम्पर्क गरेर पीडित रेणुकाबारे जानकारी गराइन्।

रेणुकालाई उद्धार गर्न एनआरएन महिला उपाध्य कल्पना राई र संयोजक मोती राई विमानस्थल पुगेर रेणुकालाई उद्धार गरी आफूसँगै ल्याएका थिए। उनलाई मंगलबार दिउँसो फ्लाई दुबई मार्फत एनआरएन युएईले टिकट काटेर घर पठाएको एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए। 

केही महिना अघि पनि एनआरएन युएईले कुवेतमा बेचिन लागेकी ईलामकी मुना डाँगीलाई विमानस्थलबाटै उद्धार गरी नेपाल पठाएको थियो।

तपाईको समाचार पठाउन यहाँ थिच्नुहोस् ।

ह्‌यासट्याग:






यसमा तपाईको मत

अन्य समाचार

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि र सेल्फि फोनको लहर

सेल्फि फोनको ट्रेन्डलाई नियालेर हेर्दै र सेल्फि क्यामरा राम्रो हुनलाई केको आवश्यकता पर्छ भन्ने विषयमा टिप्पणी । ...

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

ट्याब्लेट रोज्दा खोज्नुपर्ने उत्तरहरु

सानदार स्क्रिन हुने, बोक्न गाह्रो नहुने र चलाउन सजिलो हुने भएकाले ट्याब्लेट छोटो समयमा नै अत्यधिक लोकप्रिय भएको छ ।...

ल्यापटप छान्न सरल

ल्यापटप छान्न सरल

गाह्रोभन्दा गाह्रो कामहरु पनि सजिलै गर्न मिल्ने तर जता पनि सजिलै बोकेर हिंड्न मिल्ने भएकाले ल्यापटप अहिले पुराना शैलीका डेस्कटप...

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभीको नयाँ रुपलाई नियाल्दा

टिभी हेर्न सजिलो छ । किन्न भने त्यति सरल नहुन सक्छ । अहिले पुराना शैलीका सिआरटि टिभीहरु उत्पादन हुन छोडिसके...

जितुले हसाँए, कमलले नचाए

जितुले हसाँए, कमलले नचाए

सर्लाहीको मूर्तियामा बुधबारदेखि जारी ऐतिहाँसिक मुक्तेश्वर मूर्तिया महोत्सव अन्तर्गत विहिबार राष्ट्रिय स्तरमा चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिएका छन्। ...

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका...

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

‘पद्मावती’माथि चार राज्यको प्रतिबन्ध सर्वाेच्चले हटायो

सञ्जयलिला भन्सालीको विवादित फिल्म ‘पद्मावती’माथि चार राज्यले लगाएको प्रतिबन्ध भारतीय सर्वाेच्च अदालतले खारेज गरेको छ। विहीबार प्रधानन्यायाधीश दिपक मिश्रासहित ३...

भिलेन मौनी

भिलेन मौनी

भारतीय टेलिभिजनमा ‘नागिन’का रुपमा परिचित मौनी रोयको अभिनयको गाडीले केही समय अघिमात्र बलिउडको ट्रयाक समातेको छ । उनी अभिनित फिल्म...