७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनअारएन फिनल्यान्डद्वारा धुर्मुस सुन्तलीलार्इ ६ लाख बराबरकाे सहयाेग

हेल्सिन्की –फिनल्यान्डकाे फिन्निस नेपाली समाजले धुर्मुस सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ मा रहेको सन्तपुरमा निर्माण भईरहेको एकीकृत नमुना सन्तपुर बस्ती निर्माणका लागि फिन्निस नेपाली समाज र एनआरएनए फिनल्यान्डको विशेष पहलमा फिनल्याण्डमा कृयाशिल अन्य संस्थाहरुको सहयोगमा ६ लाख ६६ हजार ६ सय ६६ रुपैंया हस्तान्तरण गरिएको हो ।

फिन्निश नेपाली समाज र एनआरएनएको अलावा फिनल्याण्ड हालेमालो नेटवर्क, नेपाल फिनल्याण्ड एलुम्नि एसोसियसन, तुर्कु नेपाल एसोसियसन, सुओमी नेपाल सेउरा र सन्जाल रेले संयुक्त रुपमा सो रकम हस्तान्तरण गरिएको हो । समाजका कोषाध्यक्ष मुकुन्द भण्डारी, बालकृष्ण श्रेष्ठ, राजेश राई र सौरभ ढुंगानाले संयुक्त रुपमा धुर्मुस सुन्तली फाउण्डेशनका सिताराम कट्टेल 'धुर्मुस'लाई सहयोग रकम हस्तान्तरण गरेका थियो ।

प्रकाशित: २९ कार्तिक २०७४ १२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App