coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी गराउन देउवा र राणाबीच छलफल

नेपालगन्ज—बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विषयमा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवलशम्शेर राणाबीच छलफल भएको छ।

राणा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख समेत हुन्।

उनीहरुबीचको छलफल प्रतिनिधिसभा र प्रदेशसभामा काँग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन दुवै पार्टी थप सक्रिय हुनुपर्ने विषयमा केन्द्रित थियो।

अप्रत्याशित रुपमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच वाम गठबन्धन बन्नु र ती दलका नेताबाट मुलुकमा एक दलीय कम्युनिष्ट शासन ल्याउने अभिव्यक्ति आउनुले मुलुक अत्यन्तै संकटको घडीमा रहेको दर्शाएको दुवै नेताले ठहर गरेका थिए।

छलफलमा सभापति देउवाले लोकतन्त्र र प्रजातन्त्रको रक्षाका निम्ति यो चुनावमा मात्र नभएर आगामी दिनमा पनि काँग्रेस र राप्रपाबीच सहकार्य हुनुपर्ने आवश्यकतामा जोड दिएका थिए। लोकतान्त्रिक गठबन्धनमा रहेका सबै उम्मेदवारलाई विजयी गराउन काँग्रेस र राप्रपाका कार्यकर्ता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका थिए।

बैठकमा सहभागी राप्रपाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाकाअनुसार छलफलमा महामन्त्री राणाले सभापति देउवालाई बाँकेका सबै क्षेत्रमा काँग्रेस र राप्रपाबीच संयुक्त प्रचारप्रसार तथा घरदैलो कार्यक्रम भइरहेको जानकारी गराएका थिए।

 

प्रकाशित: २९ कार्तिक २०७४ १२:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App