७ वैशाख २०८१ शुक्रबार
राजनीति

बाबुरामको पकड क्षेत्रमा ओली र दाहालको चुनाबी सभा

पालुङटार— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवार गोरखामा एउटै मञ्चबाट भोट मागेका छन्। पहिलो पटक एउटै मञ्चमा चुनावी कार्यक्रममा सहभागी भएका उनीहरुले बाम गठबन्धनका उमेदवारलाई जिताउन गोरखाबाट संयुक्त चुनावी सभा गरेको बताए।

कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले चुनाव लगत्तै पार्टी एकता हुने भएकाले कुनै द्वधिा नराख्न कार्यकर्तालाई अुनरोध समेत गरे। एमालेले गोरखामा प्रदेश १ को ख मा मात्रै उमेद्वार उठाएको प्रशंग जोड्दै उनले भने ‘कुन पार्टीको उमेद्वार भयो भनेर हेर्ने होइन, चुनाबपछि त हामी एकै पार्टी हौँ।’ उनले कार्यकर्तालाई भोट हाल्न उत्साहित गर्दै गोरखा २ को पालुङटारमा आयोजित चुनावी सभामा बोल्दै भने। स्थिरता र स्थायीत्वका लागि बाम गठबन्धन भएको प्रष्ट्याउँदै वलीले देश धेरै पछाडी परेकाले बामपन्थी एकताले बिकास तर्फ उन्मुख गराउने तर्क गरे।

गठबन्धनको चर्चा गर्दै सोही मञ्चबाट दाहालले गठबन्धनपछि देशमा उत्साहको लहर आएको तर्क गरे। आफुले गोरखाबाट जनयुद्ध सुरु गरेको स्मरण गर्दै उनले भने ‘जनयुद्धमा पनि गोरखाको लगानी छ, गत निर्वाचनहरुमा पनि गोरखाले इतिहास कायम राख्यो अब पनि इतिहास राख्नेछ।’ नेपाली कांग्रेसलाई दक्षिणपन्थीको संज्ञा दिँदै उनले बाम गठबन्धनको एकतापछि काग्रेसका नेताहरुको निद खलबलिएको बताए।

उनले भने ‘उहाँ सँग बैचारिक निष्ठा र न्यूनतम नैतिकता पनि छैन, गोरखाबाट जितेर जाने, पार्टी छाडेर नयाँ खोल्दै हिँड्ने अहिले भोट माग्ने आधार के? उनले प्रतिप्रश्न गरे।

बाम गठबन्धन गोरखाले आयोजना गरेको चुनावी सभामा सहभागी हुन फरक फरक हेलिकप्टर चढेर आएका दुई नेतालाई बुधवार दिनभर कार्यक्रममा भाषण गर्न भ्याई नभ्याई भयो । गोरखा २ को भच्चेक, पालुङटार र १ को दर्बुङ, आरुघाटमा आयोजित चुनावी सभामा सहभागी भएर उनीहरु फर्केका हुन् ।

बाबुरामको आलोचनामा धेरै समय
चुनावी सभामा संवोधन गर्दै एमाले अध्यक्ष वलीले बाबुराम भट्टराईलाई पार्टी नभई ब्यक्ति मात्रै भएकाले जितेर पनि केही गर्न नसक्ने आरोप लगाए। उनले भने ‘बिचरा बबुरा, एक जना अध्यक्ष र दुई चार जना कालाकार मात्रै छन्, कांग्रेसले पार्टी एकता गर्नुपर्छ, एक जनासँग के गरेको ? बाबुराम निकै कमजोर रहेको भन्दै उनले उखान हाल्दै भने ‘कर्कलोलाई बन्चरो लगाउनु पर्दैन ।’

माओवादी अध्यक्ष दहालले भट्टराई पुजिँबादको शरणमा परेको आरोप लगाए। उनले भने ‘उहाँ सँग बैचारिक निष्ठा र न्यूनतम नैतिकता पनि छैन, गोरखाबाट जितेर जाने, पार्टी छाडेर नयाँ खोल्दै हिँड्ने अहिले भोट माग्ने आधार के? उनले प्रतिप्रश्न गरे। दुवै नेताले बाबुरामको पकड भएको ठाउँ पालुङटारमा आयोजित चुनावी सभामा उनको आलोचनमा धेरै समय खर्चिएका थिए । उनको मत तान्न र आफ्ना मतदातालाई ढुक्क पार्न, उमेद्वार नारायणकाजी श्रेष्ठको मन जित्ने शैलीमा दुवै नेताले बाबुरामको आलोचना गरेका थिए । कांग्रेसले बिपीको बिचारले अहिलेसम्म राजनीति गरिरहेको भन्दै पुराना बिचार र ऐजेण्डा त्यतीबेला मात्रै रहेको र अब काम नलाग्ने एमाले अध्यक्ष ओलीले ठोकुवा गरे।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ मा आफ्ना पार्टीका उमेदवार नारायणकाजी श्रेष्ठलाई भोट हाल्न कांग्रेस सँग पनि आग्रह गरेका छन्। बुधवार पालुङटारमा आयोजित चुनावी सभामा उनले आफुलाई चितवनमा सघाउन पनि कांग्रेसका मतदाता र कार्यकर्ता सँग अनुरोध गरे। सभामा उनले भने ‘कहिले हलो बोकेर हिँड्ने कतै के बोकेर हिँड्ने, चितवन ३ मा र गोरखा २ हसियाँ हथौडामा भोट हाल्नुहोस, नभए रुख लिएर आउनुहोस्।’ दाहाल भावुुक भएर कांग्रेसका स्वर्गिय नेता गिरिजा प्रसाद कोइरालालाई स्मरण गर्दै भने ‘अस्पताको शैयाबाट पनि कोइरालाले शान्ति प्रक्रिया टुङ्ग्याउने जिम्मा तपाइँको भन्नुभएको थियो, त्यो कुरा काँग्रेसका नेताहरुलाई पनि थाहा छ ।’ उनले कांग्रेसका कार्यकर्तालाई उल्टो बुद्धि तिर नलाग्न भन्दै सुझाब दिए ।

सभामा ओलीले कांग्रेस कार्यकर्तालाई देशमा स्थायीत्व चाहिने, बिकासको गती र पाँच वर्षे स्थिर सरकारका लागि बामपन्थी उमेद्धवारलाई भोट हाल्न अनुरोध समेत गरे । कांग्रेसको समर्थनमा गोरखा २ बाट लोकतान्त्रीक गठबन्धनबाट भट्टराई उमेदवार भएकाले नेताहरुले कांग्रेसका मतदातालाई पनि आफ्ना उमेदवारलाई भोट हाल्न भनेका थिए ।

प्रकाशित: २९ कार्तिक २०७४ १३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App