७ वैशाख २०८१ शुक्रबार
अर्थ

चीनिया ‘आउट’ भारतीय कम्पनी ‘इन’

काठमडौं- बहुचर्चित १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् ।

टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी)लाई दिने समझदारी रद्द गरेको खुलासा गरेको हो । एनएचपिसी भारत सरकारको पूर्ण स्वामित्वको कम्पनी हो ।

उक्त आयोजना ‘अनियमित’ र ‘हचुवा’ ढंगले चिनियाँ कम्पनीलाई दिएको ठहर गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले यसअघि गरेको निर्णय रद्द गरेको थियो । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा उक्त आयोजना गेजुवालाई दिने निर्णय गरेको थियो ।

टाइम्स अफ इन्डियामा उपप्रधान तथा उर्जामन्त्री कमल थापाको ट्विट उद्धृत गर्दै लेखिएको समाचारमा सिजिजिसीलाई ‘आउट’ गरेर भारतीय सरकारी कम्पनीलाई ‘इन’ गराउने तयारी स्वरुप सम्झौता रद्द गरिएको उल्लेख छ ।

नेपालमा भारतीय प्रभावकै कारण चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गरी भारतीय कम्पनीलाई दिन लागेको समाचारमा जनाइएको छ ।

त्यसबेला लाइसेन्स दिने र अहिलेको खारेजी दुबै निर्णयमा भारत र चीनबीच दक्षिण एसियामा को हावी हुने भन्ने प्रतिस्पर्धा मुख्य कारक रहेको उल्लेख छ । नेपालका ठूला हाइड्रो प्रोजेक्टहरुमा बेइजिङ ‘प्लेयर’का रुपमा देखिएको टिप्पणी गरिएको छ ।

प्रकाशित: ३० कार्तिक २०७४ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App