७ वैशाख २०८१ शुक्रबार
समाज

सबै सार्वजनिक विदालाई पुनरावलोकन गर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गर्द निर्देशनात्मक आदेश दिएको छ। क्रिसमसका दिन (डिसेम्बर २५) सार्वजनिक विदा पाउनुपर्ने मागसहितको रिटमा न्यायाधिशद्वय ईश्व प्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजालसले सो आदेश दिएको हो।

अधिवक्ताद्वय बुद्ध घिसिङ र गणेश श्रेष्ठद्वारा संयुक्तरुपमा दायर गरिएको क्रिसमस डेको उपलक्ष्यमा डिसेम्बर २५ तारिखमा सार्वजनिक विदा घोषणा गरी पाउँ भनी दिएको रिट निवेदनमा अन्तिम सुनुवाई गर्दै सो आदेश दिएको हो।

'अदालतले ब्यक्तिको धार्मिक स्वतन्त्रता, समाजिक स्वतन्त्रता, समानताको स्वतन्त्रतालगायतका कुरालाई विचार गरी धार्मिक सहिष्णुतासहितको अवस्था तथा जनताले सरकारी कर्यालयबाट पाउने सेवा सुविधाको प्रभावकारितालई समेत मध्यनजर गरी सम्पूर्ण सार्वजनिक विदालाई पुनरावलोकन गरी उचित निर्णय निर्देशनात्मक आदेश दिएको हो,' आदेशमा भनिएको छ।

 

प्रकाशित: ३० कार्तिक २०७४ ११:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App