७ वैशाख २०८१ शुक्रबार
राजनीति

बागलुङमा बाम नेतालाई दुबोको माला

दुबोको मालामा बाम नेताहरु। तस्विर: संगम घर्तीमगर

बागलुङ— बाम गठबन्धनका शीर्ष नेताहरुले नेपालको विकास र राजनीतिक स्थिरताका लागि बामपन्थी बहुमतको सरकार आवश्यक भएको बताएका छन्। गठबन्धनले आज बागलुङको गल्कोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले पटक—पटक बहुमतीय सरकारको नेतृत्व गरेको काँग्रेसले जनताका पक्षमा कुनै पनि काम गर्न नसकेको बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अबको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनपछि मुलुकमा बाम सरकार बन्ने र त्यसले विकासको लह ल्याउन दाबी गरे। ‘देशैभरि बाम गठबन्धनको पक्षमा जनलहर आएको छ,’ ओलीले भने,‘अब नेपालमा बाम सरकार बन्नबाट कसैले रोक्न सक्दैन। अहिलेसम्म काँग्रेसले देश बनाउने काम गरेन केवल बिगा¥यो मात्र अब हामी देश बनाउँछौं’, ओलीले आफुहरु नयाँ अभियानमा लागेको बताए।

‘अहिले आफुलाई लोकतान्त्रिक भन्ने शक्ति नेपाली काँग्रेसले अलोकतान्त्रिक गतिविधि गरिरहेको छ,’ दाहालले भने,‘गिरीजाबाबुले शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता भएकाले देश बचाउने जिम्मा तपाईकै हो भनेर मलाई भन्नुभएको थियो । अब देश बचाउनका लागि बाम शक्तिहरुबीच एकता हुँदैछ।’

‘हामी अहिले नयाँ अभियानमा छौं। पाँच वर्षसम्म स्थायी सरकार बनाएर देशलाई समृद्धिमा लैजाना अभियानमा हामी छौं,’ ओलीले भने,‘बहुमत ल्याएर पाँच वर्षसम्म सरकार चलाउने हाम्रो अभियान शुरु भएको छ।’ राष्ट्रिय एकता कायम गरेर विकासको बाटोमा लाग्ने संकल्प आफुहरुले गरेको उनको भनाइ थियो। ‘अहिले हाम्रो पक्षमा बहुमत आउने देखिएपछि नेपाली काँग्रेस छटपटिएको छ,’ ओलीले भने,‘अब काँग्रेस निर्वाचनमा पराजीत हुने देखेपछि विभीन्न भ्रम फैल्याएर हामीलाई बद्नाम गर्ने प्रयास गर्दैछ। हामी ती सबै भ्रमलाई चिरेर देशको विकासमा अगाडी बढ्छौं।’ ओलीले बागलुङको आर्थिक तथा पर्यटन क्षेत्रको विकासका लागि बाम उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री हुँदा देशको अर्थतन्त्रलाई गति दिने काम गरेको बताए। ‘मैले सरकारको नेतृत्व गर्दा नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशा दिने काम गरेको थिएँ,’ उनले भने,‘देशलाई निर्वाचनको बाटोमा डो¥याउने मेरो कामले अहिले मूर्त रुप लिँदैछ। यो निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहोस्। अब देशको विकास बाम सरकारले मात्रै गर्छ ।’ उनले नेपाली काँग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोईरालाले अब शान्ति प्रक्रिया र गणतन्त्रलाई बचाउन जिम्मा आफुलाई सुम्पिएको समेत बताए।

‘अहिले आफुलाई लोकतान्त्रिक भन्ने शक्ति नेपाली काँग्रेसले अलोकतान्त्रिक गतिविधि गरिरहेको छ,’ दाहालले भने,‘गिरीजाबाबुले शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता भएकाले देश बचाउने जिम्मा तपाईकै हो भनेर मलाई भन्नुभएको थियो । अब देश बचाउनका लागि बाम शक्तिहरुबीच एकता हुँदैछ।’

उनले बामपन्थी शक्तिहरुले एक ठाउँमा उभिँदा काँग्रेस भित्रैका देशभक्तहरु खुशी भएको टिप्पणी गरे। ‘हामीले बामपन्थी एकताको प्रयास थालेपछि अहिले काँग्रेस भित्रैका देशभक्तहरु पनि खुशी भएको छन्,’ दाहाले भने,‘अब देशमा स्थीरता आउँछ, देशले विकासको गति समाउँछ भन्ने कुराले नेपाली जनतामा खुशी छाएको छ ।’ उनले संविधान जारी गर्न नदिन प्रयास गरेका तत्वहरु अहिले फेरि यसको कार्यान्वयन हुन नदिन सल्बलाएको उनको भनाई थियो । ‘हामीले संविधान त जारी ग¥यौं तर यसको कार्यान्व्यन हुन नदिन र देशमा राजनीतिक अस्थीरता कायमै राख्नका लागि विभीन्न पक्षबाट खेलहरु भैरहेका छन्,’ प्रचण्डले भने,‘अब बामपन्थी र देशभक्तहरु एक नभएर संविधानको रक्षा गर्न सकिन्न भन्ने लागेर हामीले गठबन्धन बनाएका हौं ।’

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले अझै पनि आफु अनुकुल संविधान संसोधन गरेर तराईलाई नेपालबाट अलग्याउने खेलमा लागेको आरोप लगाए । ‘हाम्रो प्रधानमन्त्रीले दिल्लीमा गएर दुई तिहाई पुर्‍याएर संविधान संसोधन गर्छु भन्नुभएको छ,’ केसीले भने,‘त्यसको मतलब हाम्रो छिमेकीले यो संविधानलाई स्वागत गरेको छैन। आफू अनुकुल संसोधन गराएर तराईलाई नेपालबाट अलग्याउन चाहान्छ ।’

केसीले नेपाली काँग्रेसले भन्ने गरेको विभीन्न परिवर्तनको लडाईमा नेपालका कम्युनिष्ट शक्तिहरु पनि संधै लड्दै आएको बताए ।‘काँग्रेसले देशको परिवर्तनका हामी अगुवा हौं भनेको छ,’ उनले भने,‘नेपालका हरेक परिवर्तनमा नेपालका कम्युनिष्ट पार्टीहरुले पनि उत्तिकै भूमिका खेलेका छन् ।’ केसीले काँग्रेसले उदारवादको नाममा सम्पूर्ण चिजलाई निजीकरण गरेर सबै कुराहरु गरिबको पहुँचबाट बाहिर पुर्‍याएको आरोप लगाए । उनले अहिले पनि सरकार निर्वाचनलाई प्रभाति पार्न विभीन्न हर्कत गरिरहेको र निर्वाचन आयोग मुकदर्शक बनेर बसेको बताए।

प्रकाशित: ३० कार्तिक २०७४ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App