८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा कार र बस ठोक्किदा पाँचको मृत्यु

नयाँ दिल्ली –  उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ। 

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय किलोमिटर टाढा रहेको साहरनपुन जिल्लामा सो दुर्घटना भएको थियो। 

यस घटनामा परी कारमा रहेका पाँचै व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो। घाइते भएका यात्रुवाहक बसका यात्रुहरुलाई भने नजिकै अस्पतालमा उपचारको लागि भर्ना गरिएको बताइएको छ। 

उच्च गतिमा रहेको बस चालकले आफ्नो नियन्त्रण गुमाउदा विपरीत दिशाबाटआइरहेको कारसँग बस ठोक्किएको प्रहरीले जानकारी दिएको छ। 

सरकारले यस घटनाको अनुसन्धानको लागि आदेश दिएको छ। विश्वका अन्य देशहरुको तुलनामा भारत हुने सडक दुर्घटनाको सङ्ख्या उच्च रहेको छ।

प्रकाशित: ३० कार्तिक २०७४ १२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App