७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

कम्बोडियाको सर्वोच्च अदालतद्वारा विपक्षी पार्टी विघटन

कम्बोडिया – कम्बोडियाको सर्वोच्च अदालतले मुख्य प्रतिपक्षी पार्टीलाई विघटन गरिदिएको छ। अदालतले पार्टीका एक सय भन्दा बढी नेताहरूलाई बिहीबार पाँच बर्षका लागि प्रतिबन्ध पनि लगाएको छ। 

विगत ३२ बर्ष देखि शक्तिमा रहिरहेका नेताहरुलाई हटाउनका लागि लडिरहेको ‘कम्बोडिया नेश्नल रेस्क्यु पार्टी’ (सीएनआरपी) पार्टीलाई अदालतले विघटन गरिदिएको हो। 

अदालतको आदेश सुनाउदै एक न्यायधीस दिथ मुन्टीले भने, “सीएनआरपीलाई विघटन गर्ने र त्यस पार्टीका ११८ जना उम्मेदबारलाई फैसला भएको मितिदेखि पाँच बर्ष सम्म राजनीति गर्न प्रतिबन्ध लगाउने निर्णय भएको छ।” 

न्यायाधिशले सीएनआरपी पार्टीलाई लगाएको आरोपका सीएनआरपी र अमेरिकाले अस्वीकार गरेको छ। 
अधिकारवादीहरुले अर्को बर्ष हुने निर्वाचनलाई अदालतलको आदेशले अवरोध पार्ने देखिएको बताएका छन्। प्रतिपक्षी दल तथा मानव अधिकारवादीहरूले भनेका छन्, “आदेशले स्वतन्त्र न्यायालयको खिल्ली उडाएको छ।” 

“यो कम्बोडियोको लोकतन्त्रको मृत्यु हो,” ह्युमन राईट्स वाचका फिल रोबर्टसनले भने। 

प्रकाशित: ३० कार्तिक २०७४ १३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App