coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

३२ जिल्लामा ल्हाक्पा मात्रै शेर्पा उम्मेद्वार

प्रतिनिधि सभाका एक्ला शेर्पा उम्मेद्वार ल्हाक्पा शेर्पा । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु – सोलुखुम्बुमा संघीय संरचना अनुसार हुने निर्वाचनका लागि प्रतिनिधिसभामा एक जना मात्रै शेर्पाको उम्मेदवारी परेको छ । सोलुखुम्बुबाट संघीय समाजवादी फोरम नेपालको तर्फबाट ल्हाक्पा शेर्पा एक्ला उम्मद्वार बनेका हुन् । पहिलो चरणको निर्वाचनमा मुलुकभरबाट १ जना मात्रै शेर्पाको उम्मेदवारी दर्ता भएको हो । संघीय समाजवादी फोरमका वैकल्पिक केन्द्रीय सदस्य तथा शेर्पा प्रदेश समितिका अध्यक्ष समेत रहेका शेर्पा ३२ जिल्लामा एक्ला शेर्पा उम्मेदवार हुन्। सोलुखुम्बुमा उनले वाम गठवन्धनबाट हेमकुमार राई (सुरविर) र कांग्रेसका बलबहादुर केसीसँग भिड्दै छन्।  

‘म मात्रै त्यस्तो भाग्यमानी व्यक्ति परेँ । ३२ जिल्लाबाट म एक्लो शेर्पा उम्मेदवार बन्ने अवसर प्राप्त गरेको छु ।’ उनले भने ‘मेरो उम्मेद्वारी समाजलाई डोराउने, समाजमा रहेका अनेकौं खाले विभेद र उत्पीडनको विरुद्धमा आवाज उठाउने, पहिचान र अधिकारलाई स्थापित गर्नका लागि पहलकदमी लिने, हिमाली क्षेत्रका जनताले भोगेको अनेकाैँ खाले समस्याहरूको निराकारण गर्न हो।’ संघीय समाजवादी फोरम मात्रै जातीय पहिचानको आधारमा स्वायत्त प्रदेश स्थापना गर्ने विधनता व्यवस्था गरी अगाडि बढेकोले आफूले टिकट पाएको उनले दाबी गरेका छन्। 

यतिबेला शेर्पा चुनावी प्रचारको अभियानमा सोलुखुम्बुको ग्रामिण क्षेत्रमा छन् भने घरदैलो, चुनावी सभा लगायतका कार्यक्रममा व्यस्त छन् । सम्पूर्ण शेर्पाहरूको आशा र भरोसाको केन्द्रविन्दुको रुपमा आफू रहेको र सोलुखुम्बुका मतदाताले सम्पूर्ण शेर्पाहरूको तर्फबाट एक जना शेर्पालाई केन्द्रमा निर्वाचित गराएर पठाउने दायित्व बोकेको र त्यो दायित्व पूरा गर्नेमा आफू विश्वस्त रहेको उनले विश्वास व्यक्त गरे । सोलुखुम्बुमा शेर्पा सहित नेपाली कांग्रेसले बलबहादुर केसी, वाम गठवन्धनबाट माओवादीका हेमकुमार राई, नयाँ शक्तिबाट सुनिल खड्का लगायतले उम्मेदवारी दिएका छन्। 

प्रदेश समितिका संयोजक समेत रहेका शेर्पा आदिवासी जनजातिका हकहितका निम्ति गरेका आन्दोलनहरूमा अग्रणी भूमिका निर्वाह गर्दै आएको यूवा नेताको रुपमा चिनिन्छन्। संघीय समाजवादी फोरम नेपालका वैकल्पिक सदस्यको रुपमा रहेका शेर्र्पा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रमा सदस्य हुँदै अध्यक्ष पदसम्म पुगी शेर्पाले समुदायको भाषा, कला, संस्कृति संरक्षण र प्रवद्र्र्धनका निम्ति अभियान सञ्चालन गरी समुदायमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।  

प्रकाशित: ३० कार्तिक २०७४ १४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App