७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

भोजपुर – निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चारजना कार्यकर्ता पक्राउ परेका छन्। 

नेकपा एमाले उम्मेदवार शेरधन राईको गाडीमाथि बम प्रहार भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले विहिबार भोजपुरका विभिन्न स्थानबाट प्रक्राउ गरेको हो। 

टेम्केमैयुङ्ग गाउँपालिका–२ छिनामखुबाट लोकबहादुर विष्ट, षडानन्द नगरपालिका–२ कुदाककाउलेबाट दुर्गा भट्टराई, षडानन्द नगरपालिका–१० बोयाबाट जीवन राई र भोजपुर नगरपालिकाबाट गोपाल पराजुलीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गितनारायण चौधरीले जानकारी दिए 

यता आफ्ना कार्यकर्ता गिरफ्तार गरिएको विरोधमा कम्युनिष्ट पार्टीले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भत्र्सना गरेको छ । जिल्ला सेक्रेटरी मादेन किरातीद्वारा जारी विज्ञप्तिमा स्थानीय प्रशासनले गलत ढंगबाट आफ्ना शुभेच्छुकमाथि धरपकड गरेको उल्लेख गरिएको छ। 

प्रकाशित: १ मंसिर २०७४ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App