१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

आइफोन ८ प्लस नेपालमा

काठमाडौं- एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरुको एकमात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
उक्त फोन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने कम्पनीले जनाएको छ ।
कम्पनीले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनमा एक वर्षको वारेन्टीका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न आग्रह गरेको छ ।
साथै, कम्पनीले सबै ग्राहकलाई एप्पलका सक्कली उत्पादनहरुका लागिमात्र रकम खर्च गर्न र एप्पल स्ट्यान्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित: १ मंसिर २०७४ ०६:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App