भूकम्प प्रभावित गुम्बाको सर्वेक्षण सुरु

शुक्रबार, ०१ मङि्सर २०७४, १२ : ०६ नागरिक


काठमाडौं- सरकारले २०७२ वैशाख १२ को भूकम्पबाट प्रभावित गुम्बा तथा बिहारको सर्वेक्षण सुरु गरेको छ । सर्वेक्षणका लागि बिहीबारबाट भूकम्प प्रभावित ३१ जिल्लामा इन्जिनियर परिचालन गरिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (सिएलपिआइयू)ले भूकम्प प्रभावित ३१ जिल्लाका गुम्बा÷बिहारको क्षति मूल्यांकन सर्वेक्षण गर्न ९० जना इन्जिनियर खटाएको जानकारी दिएको छ । सिएलपिआइयूका निर्देशक इश्वरचन्द्र मरहठ्ठाले २५ जना इन्जिनियर बिहीबारै जिल्ला पुगिसकेको बताए ।
उनका अनुसार सबैभन्दा बढी गुम्बा क्षति भएको जिल्ला सिन्धुपाल्चोकमा ६ जना इन्जिनियर सर्वेक्षणका लागि खटिएका छन् । दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर र कास्कीमा तीन–तीनजना र नवलपरासीमा एकजना इन्जिनियर खटाइएको उनले बताए । कास्कीमा खटिने इन्जिनियरलाई पर्वत, बागलुङ, गुल्मी र म्याग्दीमा समेत सर्वेक्षण गर्ने जिम्मेवारी दिइएको छ । ती जिल्लामा गुम्बाको संख्या कम भएकाले थप जिम्मेवारी दिइएको उनले बताए ।
निर्देशक मरहठ्ठाका अनुसार रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा, गोरखा, तनहुँ, लमजुङ, चितवन, रसुवालगायत जिल्लामा शुक्रबारबाट इन्जिनियर खटिनेछन् । गोरखा, रसुवा, सोलुखुम्बुमा तीन–तीन जना, ओखलढुंगा, खोटाङ, भोजपुर, रामेछाप, संखुवासभामा दुइ–दुई जना र तनहुँ, लमजुङ, चितवनमा एक–एकजना इन्जिनियर खटाइएको छ ।
‘जिल्लामा खटिएका इन्जिनियरले सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति प्रमुख, जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ प्रमुख, गुम्बा पुनर्निर्माण संघर्ष समितिका जिल्ला संयोजकलगायत सहभागी हुने बैठकपछि सर्वेक्षणको काम सुरु गर्नेछ,’ निर्देशक मरहठ्ठाले भने । डिएलपिआइयू र स्थानीय तहसँग समन्वय गरी सर्वेक्षण सम्पन्न गरिने उनले बताए । ‘मंसिरभित्र सर्वेक्षणको काम सकेर पुस १५ सम्म नतिजा सार्वजनिक गरिसक्छौं,’ उनले भने, ‘माघ पहिलो साताबाटै पुनर्निर्माणको काम सुरु हुन्छ ।’
निर्देशक मरहठ्ठाका अनुसार बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिमा प्राप्त निवेदनका आधारमा सिएलपिआइयूले सर्वेक्षण गर्न लागेको हो । ‘अहिलेसम्म ३१ जिल्लाबाट एक हजार तीन सय ५९ गुम्बा तथा बिहारको निवेदन परेको छ । यी गुम्बा तथा बिहारमा के कति क्षति भएको हो विस्तृत क्षति मूल्यांकन गरी त्यसैको आधारमा अनुदान वितरण गरिनेछ,’ उनले भने । कतिपय निर्माण नै नभएका गुम्बाले समेत निवेदन दिएको गुनासो आएको बताउँदै उनले सर्वेक्षणबाट यथार्थ तथ्य आउने जानकारी दिए । ‘वास्तविक क्षति भएका गुम्बालाई क्षतिका आधारमा अनुदान उपलब्ध हुन्छ,’ उनले भने, ‘क्षति पुगेका कुनै पनि गुम्बा नछुटोस् भनेर हामीले १५ दिनको सूचनासमेत जारी गरिसकेका छौं ।’





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

रहिनन् चर्चित बलिउड अभिनेत्री श्रीदेवी

भारतीय चर्चित अभिनेत्री श्रीदेवीको ५४ वर्षको उमेरमा निधन भएको छ । आफन्तको विवाहका लागि दुबई पुगेकी श्रीदेवीको शनिबार हृदयघातका कारण...

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा जमेका 'विदेशी' नायिका

बलिउडमा केही यस्ता नायिका छन् जो विदेशमा जन्मेर पनि बलिउडमा राज गरिरहेकी छन्। भन्ने गरिन्छ बलिउडमा जम्नका लागि हिन्दी पनि...

तानसेनमा ‘वन्स मोर’

तानसेनमा ‘वन्स मोर’

तानसेनको टुँडिखेलमा शनिबार दर्शकको खचाखच उपस्थिति थियो । विदाको सदुपयोग गर्दै मेला अवलोकनका लागि भरिभराउ दर्शकहरुले गीतसंगितसँगै रमाए । पाल्पा...

भलिबलले जोडेको मन

भलिबलले जोडेको मन

सामान्यतया खेलाडीलाई होम ग्राउन्डको फाइदा रहन्छ ।  समर्थनमा सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ । भक्तपुरमा फागुन ३ देखि ८ गतेसम्म...