४ वैशाख २०८१ मंगलबार
राजनीति

सपना बाढ्दै हिँड्ने नेताले देखेनन् टहरा

फोटो सौजन्य : गौरब सापकोटा

रसुवा– रसुवाको उत्तरगया गाउँपालिका–३ ठूलोगाउँका आइतराम दमाइ बोल्न तथा हिँड्न सक्दैन्। उनको श्रीमतीले कान सुन्दिनन् । भूकम्पले घर भत्किएपछि गाउँ छाडेर हिँडेका दमाईका दम्पती अहिले नुवाकोटको डा शान्ति बजारमा टहरा बनाएर बसिरहेका छन्। 

उनको टहरा अगाडिबाट दर्जनौ गाडी गुडिरहेका छन् । गाडीमा सयौँ नेता तथा कार्यकर्ताको ओहोरदोहोर भैरहेको छ । लाग्छ त्यस क्षेत्रमा एउटा मेला लागेको छ । उत्तरगया गाउँपालिकाको ठूलोगाउँ पुग्नका लागि शान्ति बजार हुँदै जानुपर्छ। 

देखाएका सपना पूरा गर्न नसकेर पो होकी, झुठा सपनाको पोको सकिएर हो फर्केर पनि नहेरेका

चुनावी अभियानमा जुटेका राजनीतिक दलका नेता तथा कार्यकर्ता त्यहीँ बाटो हिँडिरहे पनि उनको टहरामा कसैको पनि आँखा पुगेको छैन्। चुनाव आउन ९ दिन मात्र बाँकी रहँदा पनि यो पटक हामीलाई भोट दिनुस भनेर कोही पनि पुगेका छैनन्। 

आइतरामले अहिलेसम्म तीन पटक भोट खसालेका छन् । २०६४, २०७० र २०७४ को स्थानीय तहको निर्वाचनमा उनले भोट हालेका हुन्। “पहिले पहिले त हामीलाई भोट हाल्नुस, यो गर्छु, त्यो गर्छु भन्थे अहिले त फर्केर पनि हेर्दैन” आइतरामले भने।

देखाएका सपना पूरा गर्न नसकेर पो होकी, झुठा सपनाको पोको सकिएर हो फर्केर पनि नहेरेका उनले आक्रोस पोखे। 
आइतराम भन्छन्, “मैले तीन चोटी भोट हाले, तपाईँको लागि हामी छौँ भन्दै हिँडेका नेता चुनावपछि फर्किएर आएनन्।” पहिले देखाएका सपना पूरा गर्न नसकेको लाजले होला अहिले त टहरामा फर्किएर नै हेर्दैन् उनले थपे। 

आइतरामको नाममा लालपूर्जा भएपनि राहत छोराले बुझेका छन् । एउटा सानो चिटिक्कको घर बनाएर न्यानो भएर बस्ने उनीहरूको सपना छ । आइतरामले भने, “पोहोरको भन्दा अहिले चाँढै चिसो बढ्यो, अझै चिसो बढ्यो भने त बाच्छौँ जस्तो लाग्न छाडेको छ ।” नेताले चिसोमा न्यानो कपडा ल्याएर दिएनी धर्मै हुन्थ्यो उनले आग्रह गरे।

आइतरामको नाममा लालपूर्जा भएपनि राहत रकम भने छोराले नै बुझ्दै आएका छन्। भूकम्प प्रभावितको समस्या समाधान गर्ने सपना बाढ्दै हिँडेका राजनीतिक दलले तत्कालै जनताको मन जित्नका लागि नारा लगाउने भन्दा पनि नारालाई कार्यान्वयनमा ल्याउन जरुरी देखिन्छ। 

 

प्रकाशित: १ मंसिर २०७४ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App