coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनको लागि ताप्लेजुङमा तीन हजार जनशक्ति परिचालन

ताप्लेजुङ- ताप्लेजुङमा मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा करिव ३ हजार जनशक्ति परिचालित हुने भएको छ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार २ हजार ४० जना सुरक्षाकर्मीको टोली र ९ सय २ जना मतदान कार्यमा संलग्न कर्मचारी सहित २ हजार ९ सय ४२ जनशक्ति परिचालित हुन लागेको हो। प्रजिअ जिसीका अनुसार निर्वाचनमा ५ सय ६० जना नेपाल प्रहरी,६ सय १० जना म्यादी प्रहरी,५ सय ३५ जना नेपाली सेना र ३ सय ३५ जना सशस्त्र प्रहरीको टोली परिचालित हुने भएको छ। निर्वाचनको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाको टोली परिचालित हुने छ। एक सय १४ मतदान केन्द्र र जगेडा सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी २३९ जना  र बाँकी मतदानका क्रममा संलग्न कर्मचारी गरी ९ सय २ जना कर्मचारी परिचालित हुनेछन्। ७३ मतदान स्थलका १ सय १४ मतदान केन्द्रमा एक–एकजनाका दरले मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा बाँकी ११ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाइ जगेडामा राखिएको छ। जगेडामा राखिएको जनशक्ति जुन क्षेत्रमा आवश्यक हुन्छ, त्यहि परिचालित गरिने मुख्य निर्वाचन अधिकृत कृपाशुर कार्कीले जानकारी दिए।

यसपटकको निर्वाचनमा ५ दिन अघि नै निर्वाचन कर्मचारी सम्वन्धित मतदान केन्द्रमा पुगिसक्नु पर्ने भएकोले सोहि अनुसार तयारी थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सबैभन्दा टाढाको मतदान केन्द्र रहेको दुर्गम उत्तरी गाउँ याङमा पुग्न कम्तिमा ३ दिन लाग्छ । मोटरबाटोका कारण साविक भन्दा केहि बाटो छोटो भएपनि याङ्मा तर्फ खटिने कर्मचारीले ३ या ४ गते भित्र गन्तब्य तर्फ लाग्नु पर्ने अवस्था छ। दुर्गम र सवारी साधन नचल्ने क्षेत्र धेरै भएका मतदान स्थलका कारण कर्मचारीलाइ आवत जावतमा भने केहि कठिनाइ हुने देखिन्छ । प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र तथा प्रदेश सभाका लागि २ क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ३ सय ९७ मतदाता रहेका छन् । प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ मा ४३ हजार ५३६ तथा क्षेत्र नं २ मा र ३४ हजार ८६१ मतदता रहेका छन्।

प्रकाशित: १ मंसिर २०७४ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App