८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

दिलबहादुर छत्याल/धनगढी

विरा गडाल/बैतडी

प्रेम चुनारा/दार्चुला

प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। शुक्रवार एकै दिन प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका सुगम देखि बिकट ठाउँ सम्म पुगेर मतदातासँग मत माग्न भ्याएका छन। उनले शुक्रवार बैतडीका २ र दार्चुलाका २ गरेर ४ चुनावी सभामा पुगेर मतदाताको मन जित्ने कोशिस गरे। प्रधानमन्त्री देउवाले लोकतन्त्रको रक्षा र यस क्षेत्रका विकासलाई मुख्य ऐजेण्डा बनाएर मतदातासँग मत मागेका छन । यसका साथै भावनात्मक अभिव्यक्ती दिन छुटाएका छैनन्। शुक्रवार बिहान प्रधानमन्त्री देउवाले दार्चुलाको सदरमुकाम खलंगा पुगेर आयोजित चुनावी सभालाई सम्वोधन गरे । उनी हेलिकोप्टरवाट पुगेका थिए । खलंगाको कार्यक्रम सकेपछि हेलिकोप्टरवाटै सदरमुकामवाट ८ घण्टाको सडक दुरीमा रहेको मार्मा क्षेत्रमा पुगेर चुनावी सभालाई सम्वोधन गरे । दार्चलाको चुनावी सभा सकेपछि बैतडीको दुर्गम क्षेत्र पुच्र्यौडी पुगेर मतदाता समक्ष आफ्ना एजेण्डा राखे । शुक्रवार नै मेलौरी पुगेर चुनावी सभालाई उनले सम्वोधन गरे।

वाम गठबन्धनले लोकतन्त्र खतरामा परेकाले फेरी एक पटक लोकतन्त्रको रक्षाको लागी  नेपाली कांग्रेसको जीत आवश्यक रहेको भन्दै मतदातालाई मत दिन उनले आग्रह गरे । दार्चलाको सदरमुकाम खलंगामा सम्वोधन गर्दै उनले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताए ।‘‘वामगठबन्धनका कारण लामो समयपछि प्राप्त लोकतन्त्र गुम्ने खतरा भएको छ । लोकतन्त्र बचाउन काग्रेसलाई जिताउन सवैमा आग्रह गर्छु’उनले भने।

प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। शुक्रवार एकै दिन प्रधानमन्त्री देउवा बैतडी र दार्चुलाका सुगम देखि बिकट ठाउँ सम्म पुगेर मतदातासँग मत माग्न भ्याएका छन। उनले शुक्रवार बैतडीका २ र दार्चुलाका २ गरेर ४ चुनावी सभामा पुगेर मतदाताको मन जित्ने कोशिस गरे।

कांग्रेस जिते मात्रै  प्रजातन्त्र जिबित रहने र कांग्रेस हारे नागरिकहरुले स्वतन्त्रता समेत हनन हुने उल्लेख गर्दै  देशमा प्रजातन्त्र जोगाउनका निम्ती  प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव कांग्रेसले जित्नुपर्ने उनको भनाई थियो। ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नेपालको प्रजातान्त्रिक  भविष्यका लागी अत्यन्तै महत्वपूर्ण चुनाव हो । प्रजातान्त्रिक शासन व्यवस्थामा मात्र डर त्रासबाट मुक्त पाईन्छ ।’ उनले भने, ‘यो चुनावमा कांग्रेसलाई जिताए देशमा  आर्थिक समृद्धि हुने छ ।’ वाम गठबन्धनका नाममा कम्युनिस्टहरूले एकदलीय शासन ल्याउन खोजेको  उनले बताए । सबैले बोल्न पाउने, पढ्न पाउने, लेख्न पाउने लगायत अधिकार संरक्षण गर्न लोकतन्त्र पक्षधरको जित आवश्यक  भएको उनले बताए ।‘वाम गठबन्धनले चुनाव जितेमा प्रजातन्त्र खतरामा पर्छ,’ उनले थपे, ‘तर नेपालमा लोकतन्त्र पक्षधरको जित हुन्छ, लोकतन्त्र रहन्छ ।’ वाम गठबन्धनका उम्मेदवारबाट कांग्रेसलाई चुनौती रहेको आकलन भइरहेका बेला देउवाले दार्चुला  पुगेर मतदाताको मन जित्ने कोसिस गरेका हुन।

दार्चुला जिल्लाको विकास, जनताको समस्या समाधान गरेर समृद्ध राष्ट्र निर्माणका लागि यहाका नेता बडु जीको नेतृत्वमा  कांग्रेसले योगदान गर्ने अवसर पाउने उनले बताए । दार्चुलाको भएको सवै विकास कांग्रेसले गरेको उनले बताए ।  ‘चमेलिया जलविद्युत मेरै पालामा सुरु गरेको मेरै पालामा सम्पन्न भईरहेको छ ।’उनले भने । यसै क्षेत्रमा  पञ्चेश्वर जलविद्युत परियोजना अघि बढाउन काम भइसकेको उनले बताए । ‘अब यो आयोजनाले गति लिनेछ।’उनले भने । यसैगरी मार्माको लठिनाथामा पनि प्रधानमन्त्री देउवाले लोकतन्त्र र विकासका कुरा दोहोर्याए। उनले मार्मा क्षेत्रका ४ गाउँपालिका मार्मा, अपिहिमाल,व्यास र दुहुलाई दुगर्मक्षेत्रमा समाहित गर्ने आश्वासन दिए। यसैगरी महाकालीमा पक्की पुल बनाएर भारततिर ओहोरदोहोर सहज बनाउने उनको आश्वासन थियो। ‘दार्चुलाको समग्र विकासका लागी महाकालीमा पक्की पुल र तिंकर सडक तीन वर्षभित्र  पुरा हुने छ’उनले भने । देश अप्ठेरो अवस्थामा रहेकाले चुनौती समाना गर्न सना तिना कुरा र असन्तुष्टि छाडेर एक भएर चुनावमा लाग्न उनले काग्रेस कार्यकर्तालाई आग्रह गरे । एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा प्रतिनिधी सभा सदस्यमा नेपाली कांग्रेसवाट बिक्रम धामी र वामगठबन्धनवाट एमालेका गणेश ठगुन्ना चुनावी मैदानमा छन।

यसैगरी सदरमुकामवाट ५ घण्टाको पैदल दुरीमा रहेको बैतडीको पुच्यौडी नगरपालिका १ हाटमा आयोजित चुनावी सभालाई शुक्रवार नै उनले सम्वोधन गरे । हेलिकोप्टरवाट पुगेका देउवाले शभालाई सम्वोधन गर्दै लोकतन्त्रको रक्षा र विकासका लागी नेपाली काग्रेसलाई मत हाल्न आग्रह गरे । ‘ लोकतन्त्र बचाउन नेपाली कांग्रेसलाई जिताउनु पर्ने उनको भनाई थियो । ‘नेपाली कांग्रेसले जितेमात्र सुदुरपश्चिमको विकास हुन्छ’उनले भने । बिकट मानिने पुच्र्यौडि क्षेत्रमा गत बर्षमात्र कच्ची सडक पुगेको छ । याहाँ आएर मतदातालाई फकाउन देउवाले यो कच्ची सडक पिच गर्ने एजेण्डा अघि सारेका छन ।‘यो कच्ची सडक पिच गरिने छ ’उनले भने, ‘विकासका लागी काग्रेसलाई मत दिएर जिताउनुहोस ।’ दिउँसो १ बजे आउने भनेका देउवा याहाँ ४ बजेमात्र पुगेका थिए।

पुच्र्यौडीको कार्यक्रम सकेर देउवाले बैतडीकै मैलौलीमा आयोजित चुनावी सभालाई सम्वोधन गरेका छन । देउवाले नेपाली कांग्रेसले चुनाव जितमो आफु प्रधानमन्त्री बन्ने भएकाले सुदुरपश्चिमको विकासका लागी नेपाली कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे। उनले पंचेश्वर परियोजना निर्माणको काम संचालन भइसकेको बताए ।सडक पिच लगायत अन्य विकासका काम पनि गर्ने आश्वासन दिए । यसैगरी समाजिक सुरक्षा भत्ता बढाउने, वेरोजगारी भत्ता दिलाउने, श्वास्थ्य,शिक्षा लगायतका बिकास गर्ने उनले बताए ।

बिहीवार प्रदेश नम्वर ७ मा पुगेका देउवाले यस क्षेत्रमा नेपाली काग्रेसको पकड बचाईराख्न व्यापक सक्रियता बढाएका छन। वारेसनामा वाट मनोनयन दर्ता गराएका देउवा चुनावी कार्यक्रममा सहभागी बन्न पहिलो पटक बुधवार सुदुरपश्चिम (प्रदेश ७)मा आएका हुन । बुधवार बिहान कैलालीको निर्वाचन क्षेत्र २ लम्कीको चुनावी सभालाई उनले सम्वोधन गरे। धनगढीमा महत्वपुर्ण प्रदेश स्तरिय सुरक्षा गोष्ठीमा उनले धेरै समय दिन चाहेनन् । बिहान १० बजेदेखि सहभागी कुरिरहेको सुरक्षागोष्ठीको उद्घाटन गर्न देउवा करिव सवा १२ बजे कार्यक्रम स्थल पुगे । उद्घाटन गरेर ३ मिनेट संक्षिप्त मन्तव्य दिदै उनी वाहिरिए । उनले सुरक्षाकर्मीको विफ्रिङ सुन्न चासो देखाएनन् । त्याहाँवाट निस्केपछि दिनभरी डिभोटी होटलमा कार्यकर्ता र मतदातासँगको भेटघाट उनले तिव्र पारे । बिहिवार बिहान उनी डडेल्धुरा पुगेर दिनभरी व्यस्त रहे । मतदाताको मन जित्न उनले अझपनि प्रधानमन्त्री बन्ने र यसक्षेत्रको विकास गर्ने बताउने गरेका छन ।‘ म वाहेक सुदुरपश्चिममा प्रधानमन्त्री हुने अर्को कुनै व्यक्ती छैन’उनले भने,‘तपाईको घरको मान्छे प्रधानमन्त्री भएको देख्न नेपाली काग्रेसलाई जिताउनु होस।’

एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा नेपाली कांग्रेसवाट नरबहादुर चन्द र बामगठबन्धनवाट एमालेका दामोदर भण्डारी प्रतिस्पर्धामा रहेका छन।

प्रदेश नम्बर ७ मा प्रतिनिधी सभाका १६ र प्रदेश सभाका ३२ निर्वाचन क्षेत्र रहेका छन । प्रधानमन्त्री देउवाको गृह क्षेत्र रहेको यस प्रदेशमा बामगठबन्धन पछि चुनौती थपिएकाले देउवाले व्यापक सक्रियाता बढाएको हो।

प्रकाशित: १ मंसिर २०७४ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App