८ वैशाख २०८१ शनिबार
राजनीति

निजी विद्यालय सञ्चालक चुनावी मैदानमा

काठमाडौं- प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा निजी विद्यालयका सञ्चालकहरू पनि उम्मेदवार बनेर मैदानमा उत्रिएका छन् । चुनावी मैदानमा उत्रिएसँगै निजी विद्यालय सञ्चालकहरू अहिले गाउँगाउँमा चुनावी प्रचारमा खटिएका छन् । विद्यालय व्यवस्थापन जिम्मा लगाएर उनीहरू चुनावी प्रचारमा जुटेका हुन् ।
निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल (प्याबसन) का अध्यक्षदेखि केन्द्रीय सदस्यसहित सातजना चुनावी मैदानमा छन् । त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएन नेपाल (एनप्याबसन) का पूर्वअध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् ।
प्याबसन अध्यक्ष विजय सम्बाहाम्फे आफ्नो जन्मथलोबाटै प्रदेशसभाका लागि भिड्दै छन् । नेपाली कांग्रेसबाट टिकट पाएका सम्बाहाम्फे प्रचारप्रसारका लागि तेह्रथुममा व्यस्त छन् । तेह्रथुम सरोकार समाज नेपालका अध्यक्षसमेत रहेका सम्बाहाम्फेले आपूmले शिक्षा क्षेत्रमा २८ वर्ष बिताएको र प्राप्त गरेको अनुभवले ग्रामीण जनजीवनलाई सुढृद तुल्याउन उम्मेदवारी दिएको बताए । काठमाडौं धुम्बराहीको लोयल्टी एकेडेमीका सञ्चालक सम्बाहाम्फे उच्चस्रतीय शिक्षा आयोगको सदस्यसमेत हुन् । आफू निर्वाचित भएमा अरू विकास क्रियाकलापसँगै शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता उनले गरेका छन् ।
‘मैले २८ वर्षमा शिक्षा क्षेत्रमा आर्जन गरेको ज्ञानलाई गाउँ तहसम्म पु¥याउने छु,’ सम्हाम्फेले आफ्नो उम्मेदवारी प्रष्ट पार्ने क्रममा नागरिकसँग भने, ‘समृद्ध नेपाल बनाउन उच्च शिक्षालाई ग्रामीण क्षेत्रसम्म पु¥याउनै पर्छ ।’
यसैगरी प्याबसनका पूर्वउपाध्यक्ष तेजुलाल चौधरीले नेपाली कांग्रेसबाटै सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । सप्तरीको कल्याणपुरमा जन्मेका उनी प्रतिनिधिसभाका लागि आफ्नै क्षेत्रबाट उम्मेदवारी दिनुको प्रमुख कारण सो क्षेत्रलाई समाजिक र आर्थिक रूपमा समृद्ध बनाउने ध्येय रहेको बताउँछन् । चौधरी हाल खेलकुद राज्यमन्त्री पनि हुन् । ललितपुरको कुपन्डोलमा रहेको नाइटेंगल स्कुलका सञ्चालक चौधरी यसअघि पनि सोही क्षेत्रबाट प्रत्यक्षमा विजयी भइसकेका छन् । ‘मेरो राजनीतिको उद्देश्य नै समाज परिवर्तन र विकास हो,’ चौधरीले भने, ‘शिक्षा पनि समाज सेवा नै हो । शिक्षाको माध्यमबाट समाजको विकास गर्ने मेरो लक्ष्य हो ।’
यसैगरी प्याबसनकै केन्द्रीय कोषाध्यक्ष टंकबहादुर भट्टराईले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिएका छन् । ललितपुरको बागडोलमा रहेको अन्नपूर्ण बोर्डिङ स्कुलका सञ्चालक उनी तेह्रथुमबाटै प्रत्यक्षमा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका हुन् ।
त्यस्तै प्याबसन ललितपुरका महाधिवेशन प्रतिनिधि विनोद देवकोटाले पनि आफ्नो जन्मथलो पाल्पाबाट स्वतन्त्र उम्मदवारी दिएका छन् । ललितपुरको बाडेगाउँमा रहेको लालिगुराँस स्कुलका संस्थापक देवकोटाले प्रतिनिधिसभाका लागि पाल्पाको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएको बताए । उनले समाजमा कायम रहेको राजनीति दलको पार्टी कार्यकर्ताको ट्यागलाई हटाउन आपूmले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गरे । ‘स्कुलको प्रिन्सिपल बनेर सार्वजनिक रूपमा कुनै सन्देश दिनुभन्दा नेता बनेर दिएको सन्देश बढी प्रभावकारी भएको मैले पाएको छु,’ देवकोटाले नागरिकसँग भने, ‘त्यही भएर समाजमा कायम रहेको  पार्टीको कार्यकर्ता नै भएर चुनावमा जानुपर्ने परम्परा मैले तोड्न खोजेको हुँ । जनतालाई स्वतन्त्र बनाउन पहिला नेता नै स्वतन्त्र हुनुपर्छ ।’ उनले जनताले डर, त्रास र भयकै भरमा भोट दिने परम्परा अझै पनि समाजमा कायम रहेकोले जनतालाई सुसूचित र अधिकारसम्पन्न बनाउन आफ्नो जन्मथलोबाटै परिवर्तको सुरुवात गरेको जनाए ।
प्याबसनकै अर्का केन्द्रीय सदस्य रत्न महर्जनले ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रेका छन् । ललितपुर सानागाउँमा रहेको कोपिला स्कुलका सञ्चालक महर्जनले नयाँ शक्ति पार्टीबाट उम्मेदवारी दिएका हुन् ।
ललितपुरकै लिटिल एञ्जल स्कुलका संस्थापक उमेश श्रेष्ठ नेपाली कांग्रेसबाट समानुपातिक कोटामा उम्मेदवार छन् । विगतमा नेपाली कांग्रेसबाटै सभासद भएर चार वर्ष संसद्को महिला बालबालिका तथा समाज कल्याण समीतिका सदस्य भएर काम गरिसकेका उनी समानुपातिकतर्फ जनजातिको कोटामा परेका छन् । प्रतिनिधिसभाका लागि उम्ेदवारी दिएका श्रेष्ठले सभासद हुँदा आपूmले चार दशक शिक्षा क्षेत्रमै काम गरेकाले जनताले विश्वास गरेकोले यस पटकको चुनावमा उम्मेदवारी दिएको बताए ।
‘रोजगारमूलक शिक्षामा सार्वजनिक निजी साझेदारी अवधारणासहित शिक्षा क्षेत्रलाई अघि बढाउने सोच छ,’ श्रेष्ठले आफ्नो योजना सुनाए, ‘देश संघीयतामा गइसकेको अवस्थामा प्रदेश–प्रदेशबीच नै प्रतिस्पर्धा हुन्छ । त्यस्तो अवस्थामा सार्वजनिक शिक्षाको सुधार नै मेरो मुख्य प्राथमिकता हुनेछ ।’
एनप्याबसनकी पूर्वअध्यक्ष गीता राणाले कैलाली क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएकी छिन् । पछिलो समय मधेसी दलबाट सभासद भएकी राणाले यसपटक प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । ग्यालेक्सी स्कुलकी सञ्चालक राणाले आपूmले विगतमा सभासद भएर चार दशक शिक्षा क्षेत्रमै काम गरेको अनुभवकै आधारमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
प्याबसनकै पूर्वकेन्द्रीय सदस्य शान्ति क्षेत्री पनि माओवादी केन्द्रबाट प्रदेश नम्बर ७ मा समानुपातिक उम्मेदवार छिन् ।

प्रकाशित: २ मंसिर २०७४ ०३:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App