१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

दबाबमा रोनाल्डो र ग्रिजम्यान

मड्रिड- स्पेनिस ला लिगाअन्तर्गत शनिबार हुने मड्रिड डर्बीमा एक–अर्काको सामना गर्दा साबिक विजेता रियाल मड्रिड र एट्लेटिको मड्रिड जित हात पार्दै शीर्ष टोली बार्सिलोनाासँगको अंक दुरी कम गर्ने लक्ष्यमा हुनेछन् ।
रियालले एट्लेटिकोको नयाँ मैदान वान्डा मेट्रोपोलिटियानो रंगशालामा खेल्न लागेको यो पहिलो पटक हो ।
जारी सिजन दुवै टोलीले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् । ११ खेलको समाप्तीमा समान २३ अंक जोडेका रियाल र एट्लेटिको क्रमशः तेस्रो र चौथो स्थानमा छन् । जुन शीर्ष स्थानको बार्सिलोनाभन्दा ८ र दोसो स्थानको भ्यालेन्सिया भन्दा ४ अंक कम हो ।
रियालका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले जारी सिजनमा उल्लेख्य प्रदर्शन गर्न सकिरहेका छैनन् । सिजनको सुरुमै रेफ्रीलाई हातपात गरेको भन्दै रोनाल्डोमाथि पाँच खेलको प्रतिबन्ध लगाइएको थियो । रोनाल्डोले यस सिजन खेलेका सात खेलमा एक मात्र गोल गरेका छन् ।
‘बलले पोस्टको दिशा नलिनु मेरो गल्ती होइन,’ रोनाल्डोले भने, ‘मानिस मलाई गोल मेसिनको रुपमा सोच्छन् । मैले सधै गोल गरिरहोस भन्ने चाहन्छन् । तर सधै यस्तो सम्भव हुँदैन ।’
यता स्पेनको एक खेलकुद दैनिक ‘मार्का’ ले रोनाल्डो र कप्तान सर्जियो रामोसको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक गरेपछि मैदानमा उल्लेख्य प्रदर्शन गर्न नसकेको भनि आलोचित बनेका रोनाल्डो थप दबाबमा परेका छन् ।
गत महिना च्याम्पियन्स लिग अन्तर्गत टोटनह्यामसँग ३–१ को हार भोगेपछि रोनाल्डोले गत सिजन च्याम्पियन्स लिग र ला लिगा जित्दाको तुलनामा टोली अहिले कमजोर रहेको बताएका थिए । उनको भनाईको प्रतिक्रिया दिँदै रोमोसले रोनाल्डोलाई ‘अवसरवादी’ भनेका थिए ।
त्यस्तै एट्लेटिकोका फ्रान्सेली स्ट्राइकर एन्टोनियो ग्रिजम्यानले पनि  सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । ग्रिजम्यानले पछिल्लो सात खेलमा गोल गर्न सकेका छैनन् ।
‘गत सिजनको तुलनामा योा सिजन धेरै फरक छ,’ ग्रिजम्यानले भने, ‘हामीसँग नयाँ रंगशाला छ । हामी गोल गर्न र नतिजा आफ्नो पक्षमा पार्न संघर्ष गरिरहेका छांै ।आशा छ, टोलीले छिट्टै आफ्नो लय भेट्टाउने छ ।’
एट्लेटिकोले जारी सिजन घरेलु मैदानमा खेलेका चार वटै खेलमा नतिजा गुमाएको थियो ।
ला लिगा अन्तर्गत शनिबार हुने अन्य खेलमा बार्सिलोनाले लिगानेसको सामना गर्दा भ्यालेन्सियाले आइतबार स्पानियोलसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित: २ मंसिर २०७४ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App