७ वैशाख २०८१ शुक्रबार
अन्य

‘अध्ययनले सिर्जनात्मक र प्राज्ञिक लेखनलाई सहयोग गर्छ’

अमर गिरी
कवि एवं समालोचक अमर गिरी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ एवं काव्य विभाग
प्रमुख हुन् । गिरीका कविता र समालोचनाका विभिन्न कृति प्रकाशित छन् ।
त्रिभुवन विश्वविद्यालयबाट कवितामा विद्यावारिधि गरेका उनी साहित्य साथै
अन्य विषयमा पनि अध्ययन गर्न रुचि राख्छन् ।

अहिले तपाईंको हातमा कुन पुस्तक छ ?

शोभनलाल दत्त गुप्ताको ‘माक्र्सिजम् इन डार्क टाइम्स’ पढ्दै छु ।

यसअघि कुन पुस्तक पढ्नुभएको थियो ?
के सचिदानन्दनको ‘वर्डस् म्याटर : राइटिङ एगेन्स्ट साइलेन्स’, माइक स्याभेजको
‘सोसियल क्लास इन द ट्वान्टी फस्र्ट सेन्चुरी’ र नवीन विभासको कथासंग्रह
‘रोल्पा सुइना’ पढेको थिएँ । सचिदानन्दको पुस्तक भारतमा देखिएको हिन्दू
अतिवादी चिन्तन र क्रियाकलापको विरोधसँग सम्बन्धित छ । ‘सोसियल क्लास
इन द ट्वान्टी फस्र्ट सेन्चुरी’मा सामाजिक वर्गबारे विश्लेषण गरिएको छ ।

मनप¥यो कि परेन ?
मनप¥यो । तीनवटै पुस्तक पठनीय छन् ।

अब के पढ्ने योजना छ ?
साहित्य, दर्शन र राजनीतिका केही पुस्तक पढ्न मन छ । पुस्तकहरू छुट्याएर
राखेको छु ।

कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ ?
भाषा, साहित्य, संस्कृति, कलालगायत वाङ्मयका विभिन्न क्षेत्रसँग सम्बन्धित
स्तरीय पुस्तक लेखिए हुन्थ्यो भन्ने लाग्छ । पुस्तकहरू प्रशस्त लेखिएका छन् तर
स्तरीय पुस्तकको कमी अहिले पनि खड्कन्छ । सिर्जना र प्राज्ञिक रूपले समृद्ध
हुन स्तरीय पुस्तक पर्याप्त लेखिन आवश्यक छ ।

पढेकामध्ये सबैभन्दा मनपरेको पुस्तक ? किन ?
मदनमणि दीक्षितको ‘माधवी’ मलाई मनपरेको कृति हो । यो नेपाली आख्यान
साहित्यको उत्कृष्ट औपन्यासिक कृति हो । नेपाली साहित्यका मलाई असाध्यै
मनपरेका अरू पनि कृति छन् ।

पाठ्यक्रमबाहेकका पुस्तक पनि पढ्नुपर्छ भन्ने सोच कहिले आयो ?
नौ कक्षामा पढ्ने वेलादेखि पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पनि पढ्न सुरु गरेको
हुँ । शिक्षकहरूकै प्रेरणाले मेरो रुचि पाठ्यपुस्तकभन्दा बाहिरका पुस्तकतर्फ गएको
हो । प्राज्ञिक र सिर्जनात्मक क्षमताको विकासका निम्ति विद्यार्थीहरू पाठ्यक्रमका
पुस्तकभन्दा बाहिर निस्कन सक्नुपर्छ ।

नपढी नहुने पुस्तक ?

यसबारे किटेरै भन्न गाह्रो छ । आफूलाई पढ्नैपर्छ भन्ने लागेको पुस्तक, अरूलाई
नलाग्न पनि सक्छ । दृष्टिकोण र रुचिको भिन्नताले फरक पार्छ ।

तपाईंको रोजाइमा नेपाली भाषाका पुस्तक बढी पर्छन् कि अन्य ?
नेपाली भाषाकै पुस्तक बढी पर्छन् तर अंग्रेजी र हिन्दी भाषाका पुस्तक पनि
त्यत्तिकै मात्रामा पढ्छु ।
नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका ?
नेपाली लेखकका पुस्तक अन्य मुलुकमा पढिनका निम्ति अंग्रेजी वा सम्बन्धित
मुलुकको प्रमुख भाषामा अनुवाद आवश्यक छ । अनुवाद निकै कम भएको छ ।
अनुदित कृतिको पनि राम्रो प्रचार–प्रसार हुन सकेको छैन  । अनुवाद र कृतिको
स्तरीयतामा रहेको कमजोरी पनि यससँग जोडिएको छ ।

आख्यान र गैरआख्यानमा बढी कुन पढ्नुहुन्छ ?
गैरआख्यान पुस्तक बढी पढ्छु । आख्यान पनि मेरो रुचिभित्रै पर्छ ।

अहिलेसम्म कति पुस्तक पढ्नुभएको छ ?
संख्या किटेर भन्न गाह्रो छ । निकै पुस्तकहरू पढिएको छ । अध्ययन र लेखनमा
लागेको मानिसले पढ्नु पनि प¥यो । साहित्यका अतिरिक्त ज्ञानका अन्य शाखामा
पनि रुचि भएकाले मेरो अध्ययनको परिधि फराकिलो छ । एक–डेढ दशक
यताको अवधिमा अलि धेरै पुस्तक पढियो ।

पुस्तक अध्ययनले तपाईंको लेखनलाई कत्तिको सहयोग पुगेको छ ?
पुस्तक अध्ययनले मेरो लेखनलाई सहयोग पु¥याएको छ । सिर्जनात्मक र प्राज्ञिक
दुवै लेखनका निम्ति पुस्तकको अध्ययन आवश्यक छ । पुस्तक अध्ययनले
संवेदना र बौद्धिक क्षमतालाई माझ्छ र गहिरो एवंं फराकिलो बनाउँछ । राम्रा
पुस्तकको अध्ययनबाट सिर्जनात्मक र प्राज्ञिक लेखनका निम्ति गहिरो प्रेरणा
मिल्छ ।

प्रस्तुति : शान्ति लामा

प्रकाशित: २ मंसिर २०७४ ०७:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App