पाठकलाई विज्ञ बनाइदिने पुस्तक

शनिबार, ०२ मङि्सर २०७४, १२ : ५७ नागरिक


चूडामणि गौतम

नेपाली भाषा नेपालीको पहिचान हो । हामीले दिनहुँ प्रयोग गर्ने भाषा हामीलाई स्वाभाविक लाग्छ । त्यो शुद्ध छ कि छैन भन्ने कुराको हेक्का भने हामीलाई नहुन सक्छ । शरच्चन्द्र वस्तीबाट लेखिएको ‘नेपाली कसरी लेख्ने ?’ पुस्तकले हामीलाई यसबारे हेक्का राख्न उत्प्रेरित गर्छ । यो नेपाली कसरी लेख्ने, कसरी स्पष्ट र सरल लेख्ने, आफ्नो अभिव्यक्ति कसरी छरितो र प्रभावकारी बनाउने भनेर बाटो देखाउने पुस्तक हो ।

‘नेपाली कसरी लेख्ने ?’ भाषासँग सम्बन्धित पुस्तक हो । यस्ता पुस्तक अत्यन्त नीरस, नियम र परिभाषाले भरिएका, ज्यादै पट्यारलाग्दा हुन्छन् । तर यो पुस्तक त्यसको ठीक उल्टो छ । मीठो कथा जस्तो अथवा रमाइलो उपन्यास जस्तो, पढ्न थालेपछि छोड्न मन नलाग्ने खालको, सरस र सरल छ ।

अझ जिभ्रो नचपाई भन्ने हो भने आज यस्तो समय आएको छ, जसमा प्राथमिकदेखि स्नातक तहसम्म अनिवार्य नेपाली पढेर उत्तीर्ण भएका मध्ये ९५ प्रतिशत शिक्षित नेपालीहरू नेपाली शुद्ध लेख्न नजानेर पिरोलिएको पाइन्छ । हरेक क्षेत्र र पेशामा रहेका नेपालीहरू राम्रो लेख्न जानिएन भन्ने लघुताभासबाट पीडित छन् । कर्मचारीवर्गदेखि शिक्षक–प्राध्यापकसम्म, साहित्यदेखि पत्रकारितासम्म— सबैको पीडा एउटै छ । व्याकरणका कथित नियम कक्षापिच्छे फरक छन्, हिज्जेमाथि वर्षैपिच्छे जस्तो आव्रmमण भइरहेको छ, आधिकारिक भनिएका शब्दकोशहरूबाट शुद्ध तथा मूल शब्दहरू रातारात हटाइएका छन् अनि रातारात नै अनेक विकृति तिनमा थोपरिएको छ । देवकोटा, सम, लेखनाथ, भूपि जस्ता स्वनामधन्य साहित्यकारहरूको भाषा बिगारेर पढाइन थालेको छ । स्थिति कस्तो हुँदै गएको छ भने, शुद्ध के हो भनेर खोज्न र भेट्न पनि गाहारो हुँदै गएको छ । यस्तो अवस्थामा आएको यस पुस्तकले यी सारा विकृतिबाट मुक्त रही शुद्ध लेख्ने र आकर्षक नेपाली लेख्ने दिशातिर डो¥याउँछ ।
‘नेपाली कसरी लेख्ने ?’ भाषासँग सम्बन्धित पुस्तक हो । यस्ता पुस्तक अत्यन्त नीरस, नियम र परिभाषाले भरिएका, ज्यादै पट्यारलाग्दा हुन्छन् । तर यो पुस्तक त्यसको ठीक उल्टो छ । मीठो कथा जस्तो अथवा रमाइलो उपन्यास जस्तो, पढ्न थालेपछि छोड्न मन नलाग्ने खालको, सरस र सरल छ । नियम र परिभाषाको वmुरै नगरी रमाइला उदाहरणमार्पmत भाषाको मर्म यसले बुझाउँछ । पाठकले बीचबीचमा हाँस्तै, रमाइलो मान्दै पुस्तक पढिसिध्याउँछ र यसैबीच नेपाली कसरी शुद्ध, सरल र मीठो बनाउने भन्ने चेतना उसमा विकसित भइसवmेको हुन्छ । वmेही पनि नसिकाए जस्तो गरेर, पाठकसँग लहडी तालले गफ गरे जस्तो गरेर सबै वmुरा सिकाइसक्नु नै यसको विशेषता हो । मलाई विश्वास छ— जसले यो किताब एकपल्ट पढ्छ उसले सधैँ आपूmसँग राख्छ र बारम्बार रमाउँदै पढिरहन्छ अनि आफ्ना प्रिय साथीलाई पनि पढ्न प्रेरित गर्छ । ज्यादै प्रियहरूलाई त किनेरै उपहार देला ।
१४९ पृष्ठको यस पुस्तकको मूल भाग ६ खण्डमा विभाजित छ । ‘नेपाली कसरी लेख्ने ?’ शीर्षकको छोटो तर गहकिलो भूमिकात्मक अध्यायपछि ‘हिज्जे’ खण्ड आउँछ, जसमा ह्रस्व–दीर्घ, श–ष, ब–व मा हिज्जे फरक पर्दा (वा बिगारिँदा) अर्थमा कसरी फरक पर्छ र अभिव्यक्ति कसरी विवृmत बन्छ भन्ने वmुरा दर्जनौँ उदाहरणमार्पmत स्पष्ट पारिएको छ । वस्ती वmुरा बुझाउन अनावश्यक एउटै शब्द प्रयोग गर्दैनन् । सरलता उनको विशेषता हो । उदाहरण ः ‘शव’ भनेको लाश हो, ‘सब’ भनेको सारा÷सम्पूर्ण । ‘शवलाई नदीमा बगाइदेऊ’ अर्थात् ‘लाशलाई बगाइदेऊ’ । ‘सबलाई नदीमा बगाइदेऊ’ अर्थात् ‘सबै जनालाई बगाइदेऊ’ । यसै खण्डमा संयुक्त अक्षर किन  भत्काउनु हुँदैन भन्ने पनि स्पष्ट पारिएको छ र शुद्ध हिज्जे लेख्न÷पहिल्याउन रामबाणको काम गर्ने अत्यन्त सरल एवं संक्षिप्त वmेही नियमहरू पनि दिइएको छ । तेस्रो र चौथो खण्ड व्रmमशः शब्द र वाक्यमा वmेन्द्रित छन् । शब्दखण्डमा हामी अर्थको ख्यालै नगरी कसरी शब्द प्रयोग गर्छौँ र त्यसले हाम्रो लेखाइ कसरी भद्दा र प्रभावहीन बन्न पुग्छ र त्यसलाई ठीक पार्न वmे गर्नुपर्छ भन्ने वmुरा विभिन्न पाटोबाट स्पष्ट पारिएको छ । वाक्य खण्डमा भने व्याकरण र शब्द सही हुँदाहुँदै पनि वाक्य कसरी अनर्थकारी र हास्यास्पद हुन्छन् भन्ने छर्लङ्ग पारिएको छ । साथै, सही कसरी बनाउने भन्ने उपायहरू सुझाइएको छ । पाँर्चौँ खण्डमा अनुच्छेद वmे हो र कस्तो हुनुपर्छ भन्ने देखाइएको छ । ‘शैली’ शीर्षकको छैटौँ खण्डमा लेखनशैली आकर्षक र प्रभावकारी बनाउन २१ वटा सटीक सुझाव दिइएका छन् । यस्ता सुझाव, जसलाई व्यवहारमा उतार्नेले आफ्नो भाषा मात्र प्रभावकारी बनाउँदैन, अरुलाई पनि भाषा प्रभावकारी बनाउन मार्गदर्शनको काम गर्न सक्छ ।
    दोस्रो भाग परिशिष्ट हो जसका दुई खण्ड छन् । पहिलो खण्डमा नेपाली व्याकरणका आधारभूत समग्र वmुराहरू ‘शब्दानुशासन’ शीर्षकमा संक्षिप्त रुपमा राखिएको छ । दोस्रो खण्ड हो— ‘हिज्जेको हेक्का’ । यसअन्तर्गत समसामयिक नेपाली लेखन (पत्रकारिता, साहित्य आदि) मा प्रायः गलत हिज्जे लेखिने झन्डै तीन हजार शब्दहरू र तिनको सही रुप वर्णानुव्रmममा राखिएको छ । यो यस्तो खण्ड हो जसले ‘स्पेल–चेकर’को काम गर्छ । आपूmले लेख्न खोजेको हिज्जेमा शङ्का लाग्नासाथ यो खण्ड पल्टाएर हेर्ने हो भने कसैले पनि गलत हिज्जेको शिकार बन्नुपर्ने छैन । यस पंक्तिकारले पनि आफ्ना तीन पुस्तकहरू (१) ‘गौतम व्यावहारिक शब्दकोश’, (२) ‘नेपाली शुद्धाशुद्धि ज्ञान’ र (३) ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ मा यसका कतिपय शब्दहरूलाई साभार स्थान दिएको छ ।
    हुन त कतिपय ‘विद्वान्हरू’ शब्दको हिज्जे र उच्चारण जस्तो गरे पनि हुन्छ भन्ने सतही तर्वm पनि दिन्छन्, तर शिष्टता, शालीनता र गरिमा भाषामा पनि आवश्यक हुन्छ । वmुनै व्यक्तिले बेलुका घर पुगेर हतारमा फुकालेको लुगा भोलिपल्ट हतारमै पहिरेर बाहिर निस्वmँदा बीच बाटोमा पुगेपछि उल्टो भएको देख्ता जुन हबिगत हुन्छ, भाषाको मनपरी प्रयोग गर्ने व्यक्तिको पनि आपूmले मच्चाएको भाँडभैलोको उल्टो नतीजा देखेपछि त्यही हबिगत हुन्छ । समाजमा पहिल्यैदेखि शिष्ट रुपमा चलिआएको सर्वस्वीकार्य रुपलाई लहडबाजीमा भताभुङ्ग गर्न पाइँदैन । यस्तै लहडबाजीका कारण ‘नेपाली बृहत् शब्दकोश’ (नवौँ संस्करण)’ मा संयुक्त अक्षरको खुट्टा काट्ने जस्तो चरम विवृmति लादेर नेपाली भाषालाई तहसनहस गर्न खोज्दा प्रज्ञा–प्रतिष्ठानले ‘सच्याउने’ शब्द राखेर आफ्नो सो शब्दकोश खारेजै गर्नुप¥यो । यसबाट ‘आफ्नो शब्दकोश आपैmँ खारेज गर्ने विश्ववैm एकमात्र एवmेडेमी’ को कालो पगरी उसले आफ्नो टाउकामा आपैmँ गुतेको दृश्य जति लाज लागे पनि हेर्न हामी विवश भएका छौँ । थप विडम्बना त वmे भने, अब आउने भनिएको शब्दकोश (दशौँ संस्करण) पनि २०४० को संस्करणअनुरुप हुने संभावना देखिन्छ जसले नेपाली भाषाको हिज्जेमा भाँडभैलोको बीउ रोपेको थियो, र जसलाई ‘भाषाका विरूद्ध गरिएको पाप’ भनेर सोही संस्करणका प्रमुख निर्देशक तथा सम्पादकहरूले सार्वजनिक तवरमै आत्मालोचना गरिसवmेका छन् । प्रज्ञा–प्रतिष्ठान त्यही पाप दोहो¥याउन किन घिडघिडो गरिरहेको हो, बुझ्न सविmँदैन । बुझ्न सविmने र बुझ्नुपर्ने वmुरा त वmे मात्र हो भने अब आउने कथित ‘नयाँ संस्करण’ पनि नयाँ बोतलमा पुरानो रक्सी भनेभैmँ २०४० सालवैm पापको भारी बोवmेर आयो भने नेपाली भाषा प्रयोगकर्ताहरूको सव्रिmय आव्रmोश एवं व्यापक बहिष्कारको शिकार बन्नेछ ।
    जे होस्, आधिकारिक मानिनुपर्ने एउटा शब्दकोश खारेज भइसवmेको र अर्को आइनसवmेको यस संव्रmमणकालमा नेपाली शब्दको शुद्ध हिज्जे वmे हो र शुद्ध नेपाली कसरी लेख्ने भन्ने अन्योल सर्वत्र व्याप्त छ । यस्तो अवस्थामा प्रकाशित ‘नेपाली कसरी लेख्ने’ पुस्तकले नेपाली शब्दको सही हिज्जे र वाक्यमा शब्दहरूको सही प्रयोगद्वारा शुद्ध भाषा लेख्नका लागि महŒवपूर्ण मार्गदर्शन गरेको छ । अन्योल वा अहङ्कारवश वर्णविन्यास तथा वाक्यगठनमा बाटो बिराएका संस्थाहरूले समेत सही बाटोमा अघि बढ्न यसबाट मार्गदर्शन मात्र गर्न र आपूmलाई सच्याउन सक्छन् । नेपाली भाषामाथि चौतर्फी आव्रmमण भइरहेको यस घडीमा नेपाली भाषा प्रयोगकर्ताहरू समक्ष यति महŒवपूर्ण पुस्तक प्रस्तुत गरेकोमा शरच्चन्द्र वस्ती बधाई र धन्यवाद दुवैका पात्र छन् ।
    अन्तमा, ‘समावेशी शब्दकोश’ को शुरुवातको रुपमा निकट भविष्यमै पंक्तिकारको शयौं वृmति ‘गौतम मानक नेपाली शब्दकोश’ जनकपुरधामबाट सार्वजनिक हुनेवाला छ । सही वर्णविन्यासबारे अन्योलमा परिरहेका सच्चा नेपाली–भाषा–प्रयोगकर्ताहरूलाई सो पुस्तकले अवश्य पनि वmेही राहत दिन सक्ला कि भन्ने आशा छ ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

आयो मिष्टर झोले !

आयो मिष्टर झोले !

चार वर्ष अघि निर्माण भएको डार्क कमेडी फिल्म ‘झोले’सँग नाम मिल्ने गरी बनाइएको फिल्म ‘मिष्टर झोले’को ट्रेलर सार्वजनिक भएको छ...

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

वितरकको पैसा फिर्ता गर्दै शाहरुख

बलिउडमा ‘किङ खान’का रुपमा परिचित अभिनेता शाहरुख खानको पछिल्लो फिल्म ‘जब ह्यारी मेट सेजल’ बक्सअफिसमा फ्लप भयो । आफैले निर्माण...

विराट र अनुस्काको इटालीमा लगनगाँठो

विराट र अनुस्काको इटालीमा लगनगाँठो

भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा...

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...