ट्रम्प एक कायर शासक हुन् :उत्तर कोरिया

शनिबार, ०२ मङि्सर २०७४, १३ : ५३ एजेन्सी


प्योङ्याङ – अमेरिकी राष्ट्रपति एक कायर शासक भएको उत्तर कोरियाले दाबी गरेको छ। 

राष्ट्रपति ट्रम्पले आफ्नो मृत्यु आफैँ निम्त्याइरहेको बताउँदै उत्तर कोरियाली सञ्चार माध्यहरूले नेता ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण स्थगित गर्नु कायरता एक उदाहरण भएको बताएका छन् । गत साता एसियाको भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण आकस्मिक रूपमा स्थगित गरेका थिए । 

उत्तर कोरियाली सञ्चार माध्यमहरूको सम्पादकीयमा ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनलाई होचा तथा मोटा व्यक्तिको संज्ञा दिदै उनको अपमान गरेको उल्लेख गरेका छन्। 

उनी एक ठूला अपराधी भएको र उनीमाथि मृत्युदण्ड हुनुपर्ने धारणा उत्तर कोरियाली जनताहरूको रहेको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ। 

ट्रम्पले दक्षिण कोरियाको संसदलाई सम्बोधन गर्दै दिएको उक्त अभिव्यक्ति कायरताको एक उदाहरण भएको उत्तर कोरियाले बतायो । दक्षिण कोरियाली संसदलाई सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका कारण अमेरिका लगायतका आफ्ना गठबन्धन मुलुकहरू माथि समस्या देखा परेमा उत्तर कोरियाली नेता किम जोन उन लगायत उनको वंश नै नाश गर्न सक्ने क्षमता अमेरिकासँग भएको ट्रम्पले बताएका थिए। 







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए...

युट्युबमा जीवन्त नारायण गोपाल

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ...

शशि कपुरको अन्तिम संस्कार आज

शशि कपुरको अन्तिम संस्कार आज

सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार...