८ वैशाख २०८१ शनिबार
राजनीति

सहिदलाई सम्झेर भोट हाल्नुस्

सप्तरी (ढिकुली) - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस आन्दोलनका सहिदहरुलाई सम्झेर भोट हाल्न आम जनतालाई अपिल गरेका छन। सहिदको सपना र बलिदानीलाई खेर जान नदिन मधेस गठबन्धन लाई जिताउन यस्तो अपिल गरेका हुन्।

महदेवा गाउँपालिका वड़ा न. ६, ढिकुलीमा शनिबार फोरम नेपाल र राजपाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले भोटको सही उपयोग गर्न मतदातालाई आग्रह गरे।

'भोट हाल्ने बेला छातीमा हात राखेर सहिदहरुलाई सम्झिनुस, अनि अन्तरात्माको आवाज सुनेर मधेस गठबन्धनलाई भोट हाल्नुस'- चुनाव प्रचारमा रहेका अध्यक्ष यादवले भने।

मधेसको शोषक तीन ठूला दल भएको टिप्पणी गर्दै यादवले चुनाव मधेस समर्थक र विरोधीबीचको लड़ाई भएको स्पष्ट परेका छन। 'यो सामान्य चुनाव होइन, मधेस आन्दोलनका पक्षधर र मधेसका विरोधी बीचको संघर्ष हो'- उनले भने।

सप्तरी क्षेत्र न. २ का प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार यादवले सप्तरीको विकास र समृद्धिको लागि आफ्नो जन्मभूमिबाट उम्मेदवार दिएको प्रष्ट पारे।

कार्यक्रममा राजपाका केन्द्रीय उपाध्यक्ष शेखर यादव, फोरम नेपालको तर्फ बाट सप्तरी क्षेत्र न. २ को (ख) का उम्मेदवार शैलेन्द्र साह लगायतको उपस्थिति थियो। 

 

प्रकाशित: २ मंसिर २०७४ ०८:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App