१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै बम विस्फोट

पोखरा- कांग्रेस नेता रामचन्द्र पौडेल सवार गाडीलाई लक्षित गर्दै तनहुँमा प्रेसर कुकर बम विस्फोट गरिएको छ । विस्फोटमा परेर पौडेल चढेको गाडीमा सामान्य क्षति पुगेको छ।

पोखरास्थित प्रदेश प्रहरी कार्यालयका एसपी बसन्त कुँवरका अनुसार तनहुँको भानु गाउँपालिका–९ नेपालडाँडामा सबा ३ बजेतिर प्रेसर कुकर बम विस्फोट भएको हो । ‘विस्फोटमा परेपनि पौडेल सकुशल हुनुहुन्छ,’ उनले भने ।

उनका अनुसार पौडेललाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडीमा सवार एकजना प्रहरीलाई सामान्य चोट लागेको छ । विस्तृत विरण आउन बाँकी छ।

प्रकाशित: २ मंसिर २०७४ १०:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App