धनगढी तताए हेमन्तले

शनिबार, ०२ मङि्सर २०७४, १९ : ४३ नागरिक


धनगढी–डोट्याली कवि हेमन्त विवशका सृजनाबाट शनिबार धनगढीका साहित्यपारखी मन्त्रमुग्ध बनेका छन्। रुबस होटलमा दिउँसो भएको एकल रचना वाचन कार्यक्रममा उनले गीत, गजल र कविता सुनाएर माहौल तताए। 

साहित्यिक सृजनामा सधैं सिमान्तकृतहरुको आवाज मुखरित गर्दै आएका विवशले भगवानको खोजी शिर्षक कविताबाट वाचन शुभारम्भ गरे। उनले हली, बा दमाहा र ढोलक, देशको खोजी, कतारको रैबार, भुकम्प, कौशी र बाबा जस्ता मर्मस्पर्शी कविता सुनाए।

सय रुपैयाँको टिकट काटेर कविता सुन्न आएकाहरुले पर्रर ताली बजाएर कविलाई हौस्याएका थिए । उनले छन्दका गीत र डेउडा पनि गाए । विवशको यो दोस्रो एकल वाचन हो । यस अघि गएको असोज ५ गते पोखरामा उनले यसैगरी कविता सुनाएका थिए। 

शनिबार रचना वाचन समूहको प्रस्तुतिमा रोट्रयाक्ट क्लब अफ धनगढी, नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी र सुदूरपश्चिमाञ्चल गजल मञ्चले संयुक्त रुपमा आयोजना गरेका हुन् । कार्यक्रमलाई रैका ट्राभल्स, रुबस होटल लगायत संस्थाले सहयोग गरेका थिए।

कार्यक्रममा गायक शिशिर साधकको समूहले विवशका केही गीत गाएर दर्शकको मन जित्यो । कार्यक्रमको सुरुमै महाकाव्यकार मनिराज जोशीले कवि विवश र गायकको समूहलाई फूलमाला लगाइदिएका थिए।

कार्यक्रममा कविहरु पदमराज जोशी, टोपेन्द्र शाह रसिक, अभि अजनवी र जनक रसिकले विवशका सृजनामा आञ्चलिक स्वाद पाइने भन्दै तारिफ गरेका थिए । कवितामा मानवीय पीडाका गहिराईभित्र आस्था अड्याउने ठाउँ खोज्दै हिँडेका छन् विवश । विवश साँस्कृतिक अध्येता पनि हुन् । 

उनका ‘विवशका स्रमाई, असौजको जून र यादै जनमभरि’ गरी तीन वटा गीति एल्बम, आफ्नै मनसँग र सैपालको आँगन कवितासँग्रह तथा कथा एउटै तिम्रो मेरो प्रकाशित छन् ।

रेडियो नेपालबाट विसं २०६८ सालका लागि उनले उत्कृष्ट गीतकार पुरस्कार पाएका थिए । उनका तीन दर्जन गीत रेकर्ड भैसकेका छन्।





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा...

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बागी २ को ट्रेलर सार्वजनिक, टाइगरको जबरजस्त एक्सन

बलिउडको बहुप्रतिक्षित फिल्म ‘बागी २’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मका प्रमुख कलाकार टाइगर श्राफ र दिशा पटानीले मुम्बईको पीवीआर थियटरमा...

कविशिरोमणि रचनावली प्रकाशित

कविशिरोमणि रचनावली प्रकाशित

कविशिरोमणि लेखनाथ पौड्यालका सम्पूर्ण कृतिहरूको संगालोका रुपमा कृति ‘कविशिरोमणि रचनावली’ बजारमा आएको छ । पाँच खण्डमा समेटिएको कृति कवि शिरोमणिको...

राजधानीमा थपियो नयाँ नाटक घर

राजधानीमा थपियो नयाँ नाटक घर

चिनियाँ कथाकार लु स्युनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’को मञ्चनसँगै राजधानीमा नयाँ नाटघकर खुलेको छ। ...