coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश २ : ४८ पूर्वसांसद चुनावी मैदानमा

काठमाडौं- आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा प्रदेश २ को ३२ स्थानका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारमध्ये ४८ जना यसअघि सांसद भइसकेका छन् । लोकतान्त्रिक गठबन्धनका २१, वाम गठबन्धनका १६ र मधेसी गठबन्धनका ११ जना उम्मेदवार यसअघि सांसद् भइसकेका राजनीतिज्ञ हुन् ।
प्रदेश २ मा लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र मधेसी गठबन्धनबाट ९५ जनाले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । प्रदेश २ मा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्ला छन् ।
लोकतान्त्रिक गठबन्धनका पूर्वसांसद उम्मेदवारमा सिरहा १ मा प्रदीप गिरी, सिरहा २ मा रामचन्द्र यादव, धनुषा १ मा आनन्दप्रसाद ढुंगाना, धनुषा २ मा रामकृष्ण यादव, धनुषा ३ मा विमलेन्द्र निधि, धनुषा ४ मा महेन्द्र यादव, महोत्तरी १ मा सीताराम भण्डारी, महोत्तरी २ मा किरण यादव, महोत्तरी ४ मा महेन्द्रकुमार राय, सर्लाही १ मा शम्भुलाल श्रेष्ठ, सर्लाही २ मा  जंगीलाल राय,  सर्लाही ४ मा अमरेशकुमार सिंह, रौतहट १ मा कृष्णप्रसाद यादव,  रौतहट २ मा मोहमद आफ्ताव आलम छन् । त्यस्तै, रौतहट ३ मा सुनिलकुमार यादव, बारा १ मा उमाकान्त चौधरी, बारा २ मा राधेचन्द्र यादव, बारा ३ मा फरमुल्लाह मन्सुर, पर्सा २ मा अजयकुमार चौरसिया र पर्सा ३ मा सुरेन्द्रप्रसाद चौधरी र पर्सा क्षेत्र ४ मा उम्मेदवारी दिएका रमेश रिजाल पनि पूर्वसांसद हुन् ।
वाम गठबन्धनबाट उमेदवारी दिएका पूर्वसांसदमा सप्तरी २ मा उमेश यादव, सप्तरी ३ मा ताराकान्त चौधरी, सिरहा २ मा सुरेशचन्द्र दास, सिरहा ४ मा अजयशंकर नायक, धनुषा १ मा मातृकाप्रसाद यादव, धनुषा २ मा रामचन्द्र झा, धनुषा ४ मा रघुवीर महासेठ, महोत्तरी १ मा गिरिराजमणि पोखरेल, सर्लाही ४ मा शिवपुजन यादव, रौतहट १ मा सत्यनारायण भगत, रौतहट ३ मा प्रभु साह छन् । यसैगरी  रौतहट ४ मा डा. वंशीधर मिश्र, बारा २ मा शिवचन्द्र कुशवाह, पर्सा १ मा विचारीप्रसाद यादव, पर्सा  ३ मा राजकुमार गुप्ता, पर्सा ४ मा उम्मेदवारी दिने उर्मिला अर्याल पनि पूर्वसांसद् हुन् ।
मधेसी गठबन्धनबाट उम्मेदवारी दिएका पूर्वसांसदमा राजेन्द्र महतो (राजपा), शरद्सिंह भण्डारी (राजपा),  महन्थ ठाकुर (राजपा), महेन्द्र यादव (राजपा), उपेन्द्र यादव (फोरम), मृगेन्द्रकुमार सिंह (राजपा), राजलाल यादव (फोरम), शत्रुघनसिंह कोइरी (फोरम), राजकिशोर यादव (राजपा), लक्ष्मणलाल कर्ण (राजपा) र अनिल झा (राजपा) छन् ।

 

प्रकाशित: ३ मंसिर २०७४ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App