‘गुडबाई काठमाडौं’लाई कोलकातामा अवार्ड

आइतबार, ०३ मङि्सर २०७४, ११ : १९ नागरिक


काठमाडौं– दशकअघि देशमा विद्यमान जनयुद्धको पृष्ठभूमिमा बनेको फिल्म ‘गुडबाई काठमाडौं’ले भारतको कोलकातामा भएको ‘कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘नेटप्याक अवार्ड’मा ‘उत्कृष्ट फिल्म’को अवार्ड जितेको छ। 

राजनीतिक द्वन्द्वका कारण युवाहरू कसरी आफ्ना सपना त्यागेर पलायन हुन बाध्य भए भन्ने कथालाई तीन पात्रमार्फत प्रस्तुत गरिएको फिल्मले सो अवार्ड पाएको हो । नविन सुब्बा निर्देशित फिल्म कोलकाताको फेस्टिभलमा अवार्ड जित्ने पहिलो नेपाली फिल्म बनेको छ।

फिल्म निर्माण भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार फिल्म केही समयअघि दक्षिण एसियाकै प्रतिष्ठित ‘बुसान फिल्म फेस्टिभल’ छानिएको थियो । फिल्ममा कर्मा, सुवर्ण थापा, निखिल गुरुङ, माल्भिका सुब्बा, माला लिम्बू आदि कलाकारको अभिनय रहेको छ । राजेश गोङजु र शोभा चन्दको पटकथा रहेको फिल्मलाई शोभा चन्दले नै सम्पादन गरेकी हुन् । फिल्ममा सोहम ढकाल र पदम सुब्बाको लगानी रहेको छ। 

फेस्टिभलमा ‘इनोभेसन इन मुभिङ इमेज सेक्सन’मा फ्रान्सेली निर्देशक मार्सिला सेड निर्देशित फिल्म ‘लस पेरोस’ले ‘बेष्ट फिल्म’, आइसल्याण्डका निर्देशक आशा हेल्गा झोर्लेफेडेटिरको ‘द स्वान’ले ‘बेष्ट डिरेक्टर’ र पोल्याण्डका निर्देशक जोआन्ना क्रोस कुजा र क्राइजेक्टर क्राउज निर्देशित ‘बर्डस् आर सिङ्गिङ इन किगाली’ले ‘जुरी अवार्ड’ जितेको थियो ।
‘इन्डियन ल्याङवेज फिल्म’ विधामा चेझियान राको ‘टु लेट’ले ‘बेष्ट फिल्म’, डा. बिजुकुमार दामोदरनको ‘साउण्ड अफ साइलेन्स’ले ‘बेस्ट डिरेक्टर’ र पंक्षाक्छरीको ‘पठु्म्मा’ले ‘जुरी अवार्ड’ पाएको थियो।

त्यस्तै ‘नेशनल सर्ट एन्ड डकुमेन्ट्री कम्पिटिसन’मा आकांक्षा सुद सिंह निर्देशित ‘मृत्युभोजः द डेथ फिस्ट’ले ‘बेष्ट डकुमेन्ट्री’ र अमृतांशु निर्देशित ‘चाहतके गुबारे’ले ‘बेस्ट सर्ट फिल्म’को अवार्ड चुमेको थियो।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

विवाहअघि नै गर्भवती मेघान ?

विवाहअघि नै गर्भवती मेघान ?

अमेरिकी अभिनेत्री मेगान मार्केल र बेलायती राजकुमार ह्यारीको हालैको इन्गेजमेन्ट र आगामी वर्षको मे महिनामा विवाह गर्ने समाचारले विश्वमा राम्रै...

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नयाँ पुस्ताले सम्झाए नारायण गोपाल

नारायण गोपालको २७ औं स्मृति दिवसमा पछिल्लो पुस्ताका थुप्रै गायक गायिकाले उनका गीत गाएर स्वर सम्राटको सम्झनालाई जिवन्त बनाएका थिए...

युट्युबमा जीवन्त नारायण गोपाल

युट्युबमा जीवन्त नारायण गोपाल

नारायाण गोपालले गाएका गीतहरु कम्तिमा दुई दशक पुराना भइसके। उनी निधन भएकै आज २७ वर्ष पूरा भइसक्यो। तर भिडियो सेयरिङ...

शशि कपुरको अन्तिम संस्कार आज

शशि कपुरको अन्तिम संस्कार आज

सोमबार साँझ मुम्बईमा मृत्यु भएका बलिउड अभिनेता शशि कपुरको अन्तिम संस्कार आज मध्यान्ह गरिने भएको छ । उनको मृत्यु सोमबार...