coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रोबोर्टले सेवा दिने रेस्टुरेन्ट

काठमाडौं – नेपालमा पहिलोपटक रोबोटले सेवा दिने रेस्टुरेन्ट सञ्चालनमा आउने भएको छ । काठमाडौंको खिचापोखरीस्थित पिपुल्स प्लाजामा खोलिएको सो रेस्टुरेन्टमा ग्राहकको अर्डरअनुसार रोबोटले खानाका परिकार पस्किने छ। 
सो रेस्टुरेन्ट विगत एक दशकदेखि रेस्टुरेन्ट व्यवसायमा अनुभव बटुलेको रञ्जित साहले सञ्चालनमा ल्याएका हुन् । रेस्टुरेन्टमा फास्ट फुड कुजिन अन्तर्गत क्रिस्पी फ्राइड चिकेन, ग्रिल्ड चिकेन, बर्गर र हटडगलगायत परिकार पस्किने लक्ष्य राखेको सञ्चालक साहले बताए । करिब दुई करोड रुपैयाँ लगानीमा सञ्चालनमा तीनजना दाजुभाइको संयुक्त प्रयासमा सो रेस्टुरेन्ट सुरु हुन लागेको हो। 

‘विश्वका अन्य मुुलुक जस्तै यस्तो प्रविधिबाट रेस्टुरेन्ट र अन्य व्यवसाय पहिलादेखि नै सञ्चालनमा आइसकेको अवस्थामा हामीले ग्राहकलाई छिटो र छरितो सेवा दिने उद्देश्यले यो प्रविधि प्रयोगमा ल्याएका हौं,’ सञ्चालक साहले भने । सो रेस्टुरेन्टको औपचारिक उद्घाटन भने मंसिर ८ गते हुने साहले जानकारी दिए।

प्रकाशित: ३ मंसिर २०७४ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App