coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मधुमेह न्यूनिकरणका लागि लायन्स लियोको अभियान

काठमाडौं– द इन्टरनेशनल एसोसिएशन अफ लायन्स र लियोले विश्वभरी मधुमेह रोकथामको लागि अभियान सञ्चालन गरेको छ । काठमाडौंमा गत एक हप्तादेखि मधुमेह रोकथाम अभियान संचालन भएको थियो। 

आज यस अभियानको अन्तिम दिन विभिन्न क्लवहरूले मधुमेह रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गरेको छ । 
अन्तराष्ट्रिय लायन्स क्लव तथा लियो जिल्ला परिषद् ३२५ बि टुले पनि ललितपुरको मंगलबजार र बसन्तपुर दरबार क्षेत्रमा मधुमेह रोकथामका लागि जनचेतनामुलक कार्यक्रम गरेको छ। 

कार्यक्रमका संयोजक लायन सञ्जयनाथ जोशीले नेपालमा मधुमेहको (चिनीरोग) रोगी दिन प्रतिदिन वृद्धि भइरहेकाले यसको रोकथामका लागि साताव्यापी रुपमा अभियान सञ्चालन गरेको बताए । ‘काठमाडौंदेखि नेपालगञ्जसम्मका लियो र लायन्सले मधुमेह रोकथामका लागि विभिन्न कोणबाट कार्यक्रम गरेको छ । मधुमेह विश्वभरीका मान्छेको लागि रोग हो । यस्लाई न्यूनिकरण गर्नु सबैको दायित्व हो,’ उनले भने, ‘नेपालीहरूले खानपानमा ध्यान दिएको पाइँदैन । हामी विस्तारै मधुमेहको दलदलमा फस्दैछौं । यसकारण रोग लाग्न दिनुभन्दा नदिनका लागि प्राथमिकताको साथ अभियान संञ्चाल गरेका थियौं।’
अन्तराष्ट्रिय लायन्स क्लव तथा लियो जिल्ला परिषद ३२५ बि टु का पूर्व गभर्नर डिके ढुंगानाले मधुमेह रोकथामका लागि युवा पुस्ताले अग्रणी भूमिका खेल्नु पर्ने बताए । ‘विशेषगरी विद्यार्थीहरूलाई मधुमेह रोकथामको संवाहकको रुपमा लिनु पर्छ । उनीहरूले सामाजिक सञ्जाल, विभिन्न क्लव र समुदायसम्म पुगेर यसको विषयमा रचनात्मक तरिकाले बुझाउन सक्छ,’ उनले भने, ‘यो भूमिका लियोले प्रभावकारी रुपमा निभाउन सक्छ।’

लियो क्लव अफ हिमालयज पाटनका अध्यक्ष अर्जुन तामाङले मधुमेह न्यूनिकरण गर्न स्वास्थ्य मन्त्रालयसँग समन्वयगरी जनचेतनामुलक कार्यक्रम सञ्चारमाध्यमबाट प्रचार प्रसार गर्नु पर्ने बताए । सञ्चार क्षेत्रले यस विषयमा तथ्यपूर्ण सन्देश प्रवाह गर्ने भएका कारण लायन्स र लियोले सरकारी निकायसँग समन्वय गरे थप प्रभावकारी हुने तामाङको भनाई थियो । 

प्रकाशित: ३ मंसिर २०७४ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App