८ वैशाख २०८१ शनिबार
कला

मिस वर्ल्डमा नेपालको अहिलेसम्मकै राम्रो प्रदर्शन

काठमाडौं– विश्वभरिका सुन्दरीहरुका लागि एउटा सपना हो– मिस वर्ल्ड। यस वर्षको मिस वर्ल्ड उपाधि भारतकी मानुसी छिल्लरले जितेपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आए। नेपालको प्रतिनिधित्व गरेर मिस वर्ल्डमा सहभागी निकिता चाण्डक हेड टू हेडमा समूह विजेता बन्न सफल रहिन्।

प्रश्नको तत्काल जवाफ दिनुपर्ने यो क्याटागोरी मिस वल्र्डमा यो वर्षदेखि थप गरिएको हो। यो क्याटागोरीमा उत्कृष्ट भएसँगै उनी विश्वभरका ११८ सुन्दरीमध्ये शीर्ष ४० मा पर्न सफल भएकी थिइन्।

मिस वर्ल्डमा पब्लिक च्वाइस अवार्डमा निकिता उत्कृष्ट ५ मा पर्न सफल रहिन्। मल्टीमिडिया अवार्डका लागि उनी उत्कृष्ट १० मा परेकी थिइन्। यो बाहेक ब्युटीविथ प्रपोजको उत्कृष्ट २० मा परेकी उनी टपमोडलको उत्कृष्ट ३० मा समेत छनौट भएकी थिइन्।

द हिडन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपति भन्छन्,‘पछिल्लो मिस नेपालहरुको तुलनात्मक स्तरलाई मूल्याङकन गर्ने हो भने यस वर्षकी निकिताले मिस वल्र्डको विभिन्न विधामा राम्रो गरेकी छिन्।’

सन् १९९७ देखि नेपालले औपचारिक रुपमा मिस वल्र्डमा सहभागी हुँदै आएको छ। सन् १९९४ की मिस इन्डिया ऐश्वर्या रायले मिस वल्र्ड जित्दा नेपालमा बल्ल सुन्दरी प्रतियोगिता हुने तयारी भइरहेको थियो। 

तुलनात्मक रुपमा मिस वल्र्डमा सहभागी भएका मिस नेपालहरुले कम समयमा राम्रो नतिजा दिइरहेको आयोजकको दावी छ। ‘मिस नेपालको उपाधी जितेसँगै विजयीलाई मिस वल्र्डमा सहभागी गराउन विभिन्न प्रशिक्षणहरु सञ्चालन गरिरहेका छौं। यसले मिस वर्ल्डमा तुलनात्मक रुपमा मिस नेपालहरुको स्तरलाई बढाएको महशुस गरेकाछौं,’आयोजक द हिडन ट्रेजरका गोपाल सुन्दरलाल कक्षपति भन्छन्,‘पछिल्लो मिस नेपालहरुको तुलनात्मक स्तरलाई मूल्याङकन गर्ने हो भने यस वर्षकी निकिताले मिस वल्र्डको विभिन्न विधामा राम्रो गरेकी छिन्।’

मिस वल्र्डलेसन् २००३ देखि बिचब्युटी, ब्युटीविथ प्रपोज, खेल, ट्यालेन्ट र टप मोडललगायत फ्रास्ट ट्र्याक प्रतियोगिताहरुबाट उत्कृष्ट प्रतियोगीहरु छनोट गर्ने नियम लागू गरेको थियो। सन् २०१२ मामिस वल्र्ड मल्टिमिडिया थपेको थियो।

हरेक वर्ष मिस वल्र्डको आयोजकले प्रतियोगितालाई परिमार्जन गर्दै लगेकी छिन्। यसैको फलस्वरुप यस वर्षबाट हेड टु हेट च्यालेन्जको सुरुवात गरिएको हो।

मिस वर्ल्ड संस्थापक एरिक मोर्ले सन् १९५१ मा फेस्टिभल अफ ब्रिटेनमा बिकिनी कन्टेस्टबाट सुरु गरेको प्रतियोगितालाई मिडियाले मिस वल्र्डको नामाकरण गरिदिएपछि औपचारिक रुपमा यसले टे«डमार्क पाएको हो। बिकिनी कन्टेस्टबाट स्वीम सुट हुँदै गाउनसम्म आइपुगेको मिस वल्र्ड प्रतियोगिताको स्तर विश्वसामु बढ्दै गएपछि सहभागी सुन्दरीहरु बौद्धिक र व्यत्तित्वको धनी हुनुपर्छ भन्ने ट्रेन आयोजकको स्थापित गर्दै गएको छ।

यसअघि सन् २०११ की मिस नेपाल मलिना जोशी ब्युटी विथ प्रपोजको उत्कृष्ट १० मा परेकी थिइन्। त्यस्तै सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ मिस वर्ल्ड उत्कृष्ट ३० मा छनोट भएकी थिइन् भने मल्टि मिडिया र ब्युटी विथ प्रपोजमा उत्कृष्ट १० भित्र परेकी थिइन्। सन् २०१३ की मिस नेपाल इशानी श्रेष्ठले ब्युटी विथ प्रपोजको उपाधी जितेकी थिइन्। त्यसै वर्ष उनी मल्टी मिडिया अवार्डको सेकेन्ड रनरअप घोषित भएकी थिइन्। अहिलेसम्म नेपालले मिस वल्र्डमा पाएको यो उत्कृष्ट सफलता हो। सन् २०११ देखि नेपालले ब्युटी विथ प्रपोजमा निरन्तर उत्कृष्ट २० परिरहेको छ। गत वर्षकी मिस नेपाल अस्मी श्रेष्ठ यसै विधामा उत्कृष्ट ५ मा परेकी थिइन्। 

प्रकाशित: ३ मंसिर २०७४ ०९:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App