coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

सिटीको अपराजित यात्रा निरन्तर

लन्डन- म्यानचेस्टर सिटीले शनिबार लेस्टर सिटीलाई पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।
यता म्यानचेस्टर युनाइटेडले उत्कृष्ट पुनरागमनमा न्युकासल युनाइटेडलाई पाखा लगाउदै सिटीसँगको अंकदूरी कम गरेको छ ।
सिटीको जितमा ग्याब्रियल जिसस र केभिन डि बुु्रयनाले समान १÷१ गोल गरेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा जिससले गरेको गोलमा सिटीले अग्रता लिएको थियो । उनले डेभिड सिल्भाको पासलाई पोस्टको दिशा दिएका थिए ।
मध्यान्तरपछिको चौथो मिनेटमा डि ब्रुयनाले लोरी सेनको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए ।
‘लेस्टरविरुद्धको खेल सधंै कठिन हुने गर्दछ,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने, ‘उनीहरुविरुद्ध अग्रता जोगाउँदै नतिजा आफ्नो पक्षमा पार्नु थप कठिन काम हो । तर हामीले आफ्नो लय र आत्मविश्वासलाई कायम गर्दै तीन अंक पक्का ग¥यौं ।’
यस जितपछि १२ खेलको समाप्तिमा ३४ अंक जोडेको सिटी शीर्ष स्थानमा छ । समान खेलमा २६ अंक जोडेको युनाइटेड दोस्रो स्थानमा यथावत् छ । १३ अंक जोडेको लेस्टर १२औं स्थानमा छ ।
युनाइटेडले उत्कृष्ट पुनरागमनमा न्युकासललाई ४–१ ले पराजित गर्दै सिटीलाई पछ्याउने क्रम जारी राखेको हो ।
१४औं मिनेटमा डिबेट गेलले गरेको गोलमा न्युकासलले अग्रता लिएको थियो । ३७औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दा युनाइटेड खेलमा फर्किएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा क्रिस स्मलिङले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो ।
५४औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए । खेल सकिन २० मिनेट बाँकी छँदा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरेका थिए ।
यता इडन हाजार्डको दुई गोलप्रेरित चेल्सीले वेस्ट ब्रोममाथि ४–० को सहज जित दर्ता गरेको छ । १७ओैं मिनेटमा अल्भारो मोराटाले गरेको गोलमा चेल्सीले अग्रता लिएको थियो । ३३औं मिनेटमा हजार्डले गोल गर्र्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए । त्यसको पाँच मिनेटपछि गोल गर्दै मार्कोस ओलन्सोले टोलीको अग्रता बढाएका थिए । ६२औं  मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीको जित पक्का गरेका थिए ।
यस जितपछि १२ खेलको समाप्तिमा २५ अंक जोडेको चेल्सी तेस्रो स्थानमा उक्लिँदा समान खेलमा १० अंक जोडेको वेस्टब्रोम १७औं स्थानमा यथावत् छ ।
प्रिमियर लिगअन्तर्गत शनिबार सम्पन्न अन्य खेलमा लिभरपुलले साउथह्याम्टनलाई ३–० ले पराजित गरेको छ । लिभरपुको जितमा मोहम्मद सलाहाले दुई तथा फिलिप कौटिन्होले एक गोल गरेका थिए । त्यस्तै बर्नलीले स्वान्सी सिटीलाई २–० ले पराजित गर्दा एभर्टनले क्रिस्टिल प्यालेससँग २–२ को बराबरीमा रोकिएको छ ।
 ‘लेस्टरविरुद्ध अग्रता जोगाउँदै नतिजा आफ्नो पक्षमा पार्नु थप कठिन काम हो । तर हामीले आफ्नो लय र आत्मविश्वासलाई कायम गर्दै तीन अंक पक्का ग¥यौं ।’

प्रकाशित: ४ मंसिर २०७४ ०२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App