coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चार सय वर्ष पुराना मूर्ति भेटिए

भक्तपुर- भक्तपुरको ऐतिहासिक रानीपोखरीको सरसफाइका क्रममा झण्डै चार सय वर्ष पुराना मूर्ति भेटिएका छन् । भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित पोखरीको सरसफाइको क्रममा पोखरीको दक्षिणतर्फ चतुर्मुख शिवलिंग, ढुंगे सिंढी, उमा महेश्वरको मूर्ति, इँटा प्रयोग गरी बनाइएको पर्खालको अवशेष, ढुंगेद्धारको मुखाकृति र पाटीको अवशेषको रूपमा प्रस्तर कलाकृति भेटिएका हुन् । घाँंसे मैदानका रूपमा रहेको पोखरीलाई सरसफाइ गर्ने क्रममा ती मूर्ति भेटिएका हुन् ।  
इतिहास एवं संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठले पोखरी सरसफाइका क्रममा तीन सय ९१ वर्ष पुराना ती मूर्ति फेला परेको जनाए । यो क्रममा पोखरीको दक्षिणबाटोतर्फ अवस्थित पाटीमा एउटा पुरानो शिलालेख पनि भेटिएको प्राडा श्रेष्ठले बताए । शिलाखेलमा पुस्करिणी नाम उल्लेख भए पनि पहिलेदेखि नै रानीपोखरी नामले यो पोखरीले प्रसिद्धी कमाएको प्राडा श्रेष्ठले जनाए ।
पोखरी नेपाल सम्वत् ७४७ सालमा भक्तपुरका राजा जगज्योतिर मल्लले बनाउन लगाएको उनले बताए । भक्तपुर नगरको सुदुरपश्चिमा रहेको यो पोखरीको ऐतिहासिक महत्व रहेको उनले सुनाए । पोखरी भक्तपुरको सबैभन्दा ठूलो सिद्धपोखरी नजिकै रहेको छ ।
हरियाली प्रवद्र्धन कार्यक्रम अन्तर्गत पोखरी सरसफाइका क्रममा ती मूर्ति फेला परेका हुन् । घाँंसे मैदानमा अलपत्र रहेका ती मूर्ति पोखरीको यताउता अलपत्र भेटिएका हुन् । नगरपालिकामा स्थानीय निकायको निर्वाचनसँंगै जनप्रतिनिधि भएपछि प्रत्येक शनिबार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय सर्वसाधारणको संयुक्त प्रयासमा नगरका विभिन्न ठाउँंका ऐतिहासिक सम्पदाको सरसफाइ गरी संरक्षण कार्य हुँंदै आएको छ । यस क्रममा गएको हप्ता नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नजिकको सैनिक आवासीय महाविद्यालय र वडावासी स्थानीय जनताको सहभागितामा रानीपोखरीको सरसफाइ गरिएको थियो ।
भक्तपुर नगरपालिका वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्रीले ऐतिहासिक यो पोखरीको सरसफाई र जिर्णाेद्धारको कार्यलाई निरन्तरता दिंदै जाने विश्वास दिलाए । यसका लागि प्राविधिक कार्यहरु पनि भइरहेको उनले जनाए । पोखरीको जिर्णाेद्धार गर्दा मध्यकालीन स्वरूपलाई कामय राखी बनाउने उनले जनाए ।

प्रकाशित: ४ मंसिर २०७४ ०३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App