coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सरकार नछोड्ने मुगाबेको अडान

जिम्बाबे– सैनिक कारवाहीका क्रममा घर भित्रै नजरबन्द गरिएका जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबेले पहिलोपटक जनतालाई सम्बोधन गर्दै आफूले सरकार नछोड्ने बताएका छन्। 

जिम्बाबेका सैनिक अधिकारीहरूले शनिबार राष्ट्रपति मुगाबे विरुद्ध प्रदर्शन गर्नका लागि नागरिकहरूलाई आग्रह गरेपश्चात् उनीविरुद्ध विशाल प्रदर्शन भएको थियो।  विपक्षी दलले सैनिक कदमको स्वागत गर्दै राष्ट्रपतिको राजीनामाको माग गरेको थियो । विपक्षीको मागलाई कदर गर्दै सत्तारूढ दलले पनि मुगाबेको राजीनाको माग गरेको थियो। 

मुगाबेलाई सत्तारूढ दल जानु पिएफले दलको नेताको हैसियतबाट बर्खास्त गरेको छ । राष्ट्रपति मुगाबेले भने आफू संवैधानिक रूपमा नै राष्ट्रपति भएको भन्दै राजीनामा अस्वीकार गरेका छन्। उनलाइ गत बुधबार देखि सेनाले आफ्नै घरमा नजरबन्द गराएका थिए।

राष्ट्रपति मुगाबेले जिम्बाबेमा ३७ वर्षदेखि एकलौटी रुपमा शासन गरिरहेका छन्। 

सेनाले उनलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्नका लागि आग्रह गरेतापनि उनले सत्ता हस्तान्तरण गर्नका लागि अस्वीकार गरेका छन्। 

प्रकाशित: ४ मंसिर २०७४ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App