७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौं-९ मा विवेकशील साझाको घरदैलो, श्रीमती, सासूलाई समानुपातिकमा नराख्ने वाचा

काठमाडौं— भरपर्दो वैकल्पिक शक्तिको रुपमा हेरिएको विवेशील साझा पार्टीले काठमाडौं क्षेत्र नं. ९ चुनाबी घरदैलोलाई तीब्रता दिएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सो पार्टीका केन्द्रीय सदस्य मिलन पाण्डे काठमाडौं-९ बाट उम्मेदवार छन्।

पाण्डेलाई जिताउन सोमबार विवेकशील साझा पार्टीका नेताहरु किशोर थापा, निरुपमा यादब एवं मुमाराम खनाल घरदैलोमा सहभागी भएका छन्। सोमबार बल्खुको कुमारी क्लब आसपासमा भएको घरदैलोमा उनीहरु सभागी भएका हुन्।

घर दैलोको दौरान किशोर थापाले एवं निरुपमा यादवले आफूहरुले स्थानीय निर्वाचनमा पाएको मत कै आधारमा पार्टी अघि बढेको बताए। राजनीतिमा अब पुस्ता हस्तान्तरणको आवश्यकता रहेको भन्दै सक्षम नेतृत्वका लागि मिलन पाण्डेलाई मतदान गर्न उनीहरुले आग्रह गरेका थिए।

कुमारी क्लब, बल्खुको कोणसभालाई सम्बोधन गर्दै किशोर थापाले अब सक्षम व्यक्तिहरु राजनीतिमा आउनुपर्ने बताए। निरुपमा यादवले स्थानीय निर्वाचनमा पाएको माया यसपाली पनि पाउने विश्वास व्यक्त गरिन्।

काठमाडौं-९ का उम्मेदवार मिलन पाण्डेले राजनीतिमा नयाँ सोच र नयाँ जोश आवश्यक रहेको उल्लेख गरे। उनले आफू संसदमा कहिलै ननिदाउने एवं श्रीमती र सासूलाई समानुपातिकमा नराख्ने बताउँदा उपस्थित जनसमुदायले ताली बजाएर स्वागत गरेको थियो।

उक्त कार्यक्रममा प्रदेशसभाका उम्मेदवार चक्र न्यौपाने तथा सुरेन्द्र रानाभाटले समेत सम्बोधन गरेका थिए। काठमाडौं-९ मा विवेकशील साझाले आफ्नो चुनाबी अभियानलाई तीब्रता साथ अघि बढाइरहेको छ। गत हप्ता रवीन्द्र मिश्र एवं रञ्जु दर्शना यो क्षेत्रको घरदैलोमा सहभागी भएका थिए।

 

 

प्रकाशित: ४ मंसिर २०७४ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App