coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बाम सरकार बनेपछि बुढीगण्डकी बनाउन गेजुवालाइ नै दिन्छाै : अोली

काठमाडाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुढी गण्डकी आयोजनाको निर्माणकर्ता गेजुवा कम्पनी खारेजको निर्णय बाम सरकारले उल्टाउने बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघद्वारा साेमवार आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा अध्यक्ष ओलीले चुनाव गराउने सरकारले शान्ति सुरक्षाको सट्टा लाइसेन्स बाँड्ने र खोस्ने काम गरेको भन्दै त्यसलाई उल्ट्याउने बताए ।
गत साताको मन्त्रीपरिषद बैठकले बुढी गण्डकी आयोजना बनाउन चीनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । सरकारले चिनियाँ कम्पनीसँगको सम्झौता खारेज गर्ने निर्णय अनधिकृत भएकाले आगामी सरकारले यसलाई सच्याउने ओलीको भनाई छ ।

 

प्रकाशित: ४ मंसिर २०७४ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App